धनुषामा सरकारी दस्तखत छाप किर्ते र ठगी गर्ने एक जना पक्राउ | Khabarhub Khabarhub

धनुषामा सरकारी दस्तखत छाप किर्ते र ठगी गर्ने एक जना पक्राउ


१४ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुषा– धनुषामा सरकारी दस्तखत छाप किर्ते र ठगी गर्ने एक जना पक्राउ परेका छन् । छाप किर्ते गरी ठगी गर्ने धनौजी गाउँपालिका–१ का २५ वर्षीय शहादत राइन पक्राउ परेका हुन् ।

उनलाई जनकपुरधाम उपमहानगरपालिका–२ कदम चोकबाट पक्राउ गरिएको धनुषा प्रहरीले जनाएको छ । राइनले धनौजीका १९ वर्षीय बबलु पासमान, २० वर्षीय पारसकुमार पासवान र दिपेशकुमार पासमानसँग जनही दुई लाख रकम लिई किर्ते कागजपत्र तयार पारिदिएका थिए ।

उनले सडक डिभिजन कार्यालयको आईटी सुपरभाइजर पदको नियुक्ति पत्र, मासिक तलब र सो पदसम्बन्धी उम्मेदवारको सम्झौता पत्र बनाइदिएका थिए । जनकपुरधामस्थित सडक डिभिजनको लेटर प्याड तयार गरी सरकारी दस्तखत छाप किर्ते गरेको भन्दै पीडितहरूले उजुरी दिएपछि प्रहरीले राइनलाई पक्राउ गरेको हो ।

अभियुक्तले अपराध स्वीकार गरिसकेको धनुषाका प्रहरी नायव उपरीक्षक दीपककुमार रायले जानकारी दिए । सरकारी छाप दस्तखत किर्ते र ठगी मुद्दामा अदालतबाट १० दिनको म्याद थप गराई अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १४ माघ २०७८, शुक्रबार  ३ : ०१ बजे

सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । नेपाल

संसद बैठकमा अनिवार्य उपस्थित हुन कांग्रेस सांसदलाई ‘ह्वीप’

काठमाडौं– नेपाली कांग्रेसले आफ्ना सांसदहरुलाई प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन

सभामुख घिमिरे सचेतकहरुसँग छलफलमा, संसद बैठक बस्न ढिलाई

काठमाडौं– सभामुख देवराज घिमिरेले कांग्रेससँग सहमतिको प्रयास गरिरहेकाले संसद् बैठक

जेलेन्स्कीका सबै विदेश भ्रमण स्थगित

काठमाडौं– युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्ना सबै विदेश भ्रमण स्थगित

बजेटमा घरेलु तथा साना उद्योगीको माग : नवीकरण निःशुल्क (भिडियोसहित)

काठमाडौं– सरकारले ल्याउन लागेको आगामी आर्थिक वर्ष ०८१/८२ को बजेटमा