मुगुका किसानलाई स्याउ टिप्न भ्याइनभ्याइ | Khabarhub Khabarhub

मुगुका किसानलाई स्याउ टिप्न भ्याइनभ्याइ


११ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

मुगु– छायानाथ रारा नगरपालिका -५ का स्याउ किसान बिस्नमाया रोकायाका परिवारलाई अचेल स्याउ टिप्न भ्याइनभ्याइ छ । भदौ लागेसँगै उनको परिवार बिहानैदेिख बगैँचामै हुने गरेको छ । मुगुसहितका भेगमा अहिले स्याउ पाक्ने बेला हो । यसकारण यहाँका किसानलाई स्याउ टिप्न भ्याइनभ्याइ छ । वडा नम्बर ४ का किसान हरिबहादुर भाम पनि स्याउ टिप्न व्यस्त छन् । उनीहरू मात्र होइन यतिबेला मुगुका स्याउ उत्पादन हुने क्षेत्रका किसानलाई स्याउ टिप्ने चटारो छ ।

मुगुका बाम, ताल्च, रोवा, शोभा, खमाले सेरीलगायतका क्षेत्रमा स्याउको पकेट क्षेत्र मानिन्छ । हुनत यो समय स्याउ टिप्नको लागि उपयुक्त समय होइन । मुगुमा स्याउ टिप्ने समय भदौको अन्तिम तथा असोजतिर मात्रै हो । भदौ अन्तिमतिर सबैले एकै पटक स्याउ टिपे स्याउले बजार नपाउने हुन्छ । कतिपय त रूखमै कुहिने भएकाले अहिलेनै धमाधम टिपेर बगैँचा खाली गर्न थालेको किसानहरू बताउँछन् ।

केही किसान भने स्याउ भण्डारण गर्ने ठाउँ नभएको बताउँदै व्पायारी बगैँचामा आएको मौकामा स्याउ बेच्न लागेको बताउँछन् । ‘व्यापारी अहिले नै आएका छन् अलिअलि काँचो भए पनि लैजान्छन् ।’ किसान हरि बहादुर भामले भने । 

यतिबेला स्याउ व्यापारी बगैँचामा आएर प्रतिकेजी ३० रुपैयाँमा लिने गरेका किसानहरू बताउँछन् । आफूले पनि उत्पादन धेरै भएको स्याउ बजारीकरणको समस्याले कुहिने डरले बिक्री गर्ने गरेका स्याउ किसान सूर्य प्रकाश भामले बताए । उनका अनुसार स्याउ राख्ने कार्टुन नहुँदा पनि समस्या भएको छ ।

बिस्नमाया रोकायाका बारीमा १५ सय स्याउका बोट छन् । यो वर्ष स्याउ उत्पादन धेरै हुने भएकाले उनलाई कसरी बेच्ने भन्ने चिन्ता लाग्न थालेको छ । उनले भनिन्,  ‘नेपालगञ्ज, सुर्खेतलगायतका बजारमा लैजाने योजना छ’ उनले भनिन् । 

स्याउ उत्पादन धेरै भए पनि मुगु जाने राम्रो सडक छैन । गत वर्षभन्दा यसपटक स्याउ उत्पादन वृद्धि हुने अनुमान जिल्ला कृषि विकास कार्यालय मुगुले पिन गरेको छ ।निमित्त कार्यालय प्रमुख दुर्गाबहादुर शाहीले भने ‘अघिल्लो वर्षमा ३४ मेट्रिक टन स्याउ उत्पादन भएको थियो ।’  

यस वर्ष जिल्लामा गत वर्ष भन्दा ५ देखि १० प्रतिशत स्याउ उत्पादनमा वृद्धि हुने शाहीले बताए । मुगुमा विशेष गरी तीन प्रकारका रोयल डेलिसेस्, रेट डेलिसेस्, र गोल्डेन डेलिसेस् स्याउ उत्पादन हुने गरेको छ । 

 

प्रकाशित मिति : ११ भाद्र २०७९, शनिबार  १ : १७ बजे

छानबिन समिति बनाउन प्रधानमन्त्री सहमत : कांग्रेस

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका नेताहरुबीचको

नासाको आर्टेमिस–३ मिसन स् अन्तरिक्ष यात्रीको फिल्ड प्रशिक्षण सुरु

काठमाडौं– अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले ५० वर्षपछि चन्द्रमामा अन्तरिक्ष यात्री

सभामुखले दलका शीर्ष नेताहरुसँग छलफल गर्दै

काठमाडौं– सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल

प्रधानमन्त्री र कांग्रेस नेताहरुबीच छलफल

काठमाडौं– संसदको गतिरोध समाधानका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख

गरिबीमा उध्याएको कलमले मच्चाएको तहल्का

प्रतिभाशाली योग्य र विद्वान हुन ठूलो कुल, वंश र धनी