गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भियतनामबाट चार्टर्ड फ्लाइट | Khabarhub Khabarhub

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भियतनामबाट चार्टर्ड फ्लाइट


११ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भैरहवा– गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भियतनामबाट चार्टर्ड फ्लाइट आएको छ । भियतनामबाट प्राइभेट विमान काठमाडौँ हुँदै दिउँसो सवा १ बजे भैरहवा आएको हो । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठाउँ नभएकाले पार्किङका लागि विमान भैरहवा आएको हो । व्यापारिक प्रयोजनका लागि व्यापारीलाई लिएर आएको विमानले यात्रुहरूलाई काठमाडौंमै अवतरण गराई पाँच दिनका लागि भैरहवा आएको गौतमबुद्ध विमानस्थलका महाप्रबन्धक गोविन्द दाहालले जानकारी दिए । 

एचएआई ४९९ कलसाइनको यो विमान १ अगस्टमा भैरहवाबाट काठमाडौं जाने छ । काठमाडौँ हुँदै पुनः भियतनाम फर्कने विमानको उडान तालिका छ । विमानमा दुई सेट प्राविधिक छन् । हो । यसअघि भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडानमात्रै हुँदै आएका थिए ।

२८ वैशाखमा भारतीय सेनाको जहाज सुरक्षाकर्मी (स्पेसल प्रोटेक्सन गार्ड) लिएर भैरहवा आएको थियो । २ जेठदेखि व्यावसायिक सञ्चालनमा आएको विमानस्थलमा जजिरा एयरवेजले साताको तीन उडान गर्दै आए पनि अन्य उडान भने हुन सकेको छैन । अन्य एयर कम्पनीहरूले चासो देखाए पनि उडान भने सुरु गर्न सकेका छैनन् । 

प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार  २ : ३६ बजे

कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

काठमाडौं– कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ । बैठक बिहान साढे

साउदीलाई अमेरिकाले सुरक्षा र आणविक सहयोग उपलब्ध गराउने

काठमाडौं– अमेरिकाले साउदी अरेबियालाई सुरक्षा र आणविक सहयोग उपलब्ध गराउने

चितवनमा नरभक्षी बाघ मर्‍यो

चितवन– मकवानपुरको मनहरीमा दुईजना मानिसको ज्यान लिएको नरभक्षी बाघ मरेको

एमाले बाजुराको अध्यक्षमा लालबहादुर ओली विजयी

बाजुरा– नेकपा एमाले बाजुराको अध्यक्षमा लालबहादुर ओली निर्वाचित भएका छन्

इरानको सरकारी टिभीले भन्यो– राष्ट्रपति सवार हेलिकप्टर दुर्घटनास्थलमा जीवनको संकेत छैन

तेहरान – इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टर दुर्घटनास्थलमा जीवनको