जिसस रसुवा नेतृत्वका लागि कांग्रेस र एमालेको बराबर मतदाता « Khabarhub

जिसस रसुवा नेतृत्वका लागि कांग्रेस र एमालेको बराबर मतदाता


१३ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

रसुवा– रसुवामा जिल्ला समन्वय समिति (जिसस) को  प्रमुख तथा अन्य पदका लागि दुई दलको बराबर मतदाता रहेका छन् । नेकपा एमाले र नेपाली कांग्रेसको बराबर मतदाता रहेका हुन् । जिसस प्रमुख र उपप्रमुखको निर्वाचनमा पालिका प्रमुख, अध्यक्ष र उपप्रमुख, उपाध्यक्षले मतदान गर्न पाउँछन् । रसुवामा जिससको निर्वाचनमा पाँचवटा पालिकाका १० जना मतदाताले मतदान गर्ने छन् । जिल्लामा पाँच वटा पालिका रहेका छन् । 

पालिका अध्यक्षमा दुई र उपाध्यक्षमा तीन गरी नेकपा एमालेको पाँच जना र पालिका प्रमुखमा तीन र पालिका उपप्रमुखमा दुई गरी नेपाली कांग्रेसको पाँच जना मतदाता छन् । जिससको निर्वाचन जित्न कम्तिमा पनि ६ मत ल्याउनुपर्छ । जिसस जित्न एमाले र कांग्रेस दुवैसँग पर्याप्त भोट नपुग्ने निश्चित छ । कांग्रेस र एमाले कुनै एउटा पक्षले अर्को पक्षको एउटा भोट आफूतिर तान्नुपर्ने अवस्था बनेको छ । यदि त्यसो नभए जिससको प्रमुख र उपप्रमुखको लागि गोला प्रथा हुने देखिएको छ ।

जिसस प्रमुखका लागि नेकपा एमालेबाट विजय लामा र अशोक घिमिरेको दाबी छ । त्यसैगरी नेपाली कांग्रेसबाट बमबहादुर गुरुङ र ओम आचार्यको दाबी  छ ।  जिससको अन्य पदका लागि दुवै दलले आन्तरिक तयारी गरिरहेको बताएका छन् । 

प्रकाशित मिति : १३ जेठ २०७९, शुक्रबार  १ : ५४ बजे

स्यानिटरी प्याडमा खर्च मात्रै, किनेर थन्काइयो

खोटाङ- खोटाङको जन्तेढुंगा गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ मा आठ लाखभन्दा

बालेनलाई हर्कको जवाफ- ‘मुख बजाउन छाडेर पाखुरा बजाउ’

काठमाडौँ– काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र धरान उपमहानगरका मेयर

काठमाडौँ ८ बाट चुनाव लड्ने सुमन सायमीको घोषणा

काठमाडौँ– अभियन्ता सुमन सायमीले आगामी संघीय निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर

युद्धको वेवास्ता गर्दै युक्रेनी कामदार खानीमा व्यस्त

काठमाडौँ– युक्रेनको निप्रोपेट्रोभ्स्क क्षेत्रको पाभ्लोग्राद शहर नजिकै ठूलो खानी छ

खोटेहाङमा दुई स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण

खोटाङ– खोटाङको खोटेहाङ गाउँपालिकामा तीन जनालाई कोरोना संक्रमण पुष्टि भएको