र्‍यापरदेखि काठमाडौंको मेयरसम्म: को हुन् बालेन ? | Khabarhub Khabarhub

र्‍यापरदेखि काठमाडौंको मेयरसम्म: को हुन् बालेन ?


१३ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार र्‍यापपर वालेन्द्र साह निर्वाचित भएका छन् भने उपमेयरमा पूर्वमिस नेवा सुनिता डंगोल विजयी भएकी छिन्।

फरक पृष्ठभूमिका दुई युवाले महानगर नेतृत्व पाएपछि महानगरबासीमा मात्र होइन देशभर उत्साह देखिन्छ। निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार वालेन्द्रले ६१ हजार ७६७ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी सिंहले ३८ हजार ३४१ मत पाएकी छन्। बालेन्द्र र सिर्जनाको मतान्तर २३ हजार ४२६ रहेको छ।

मनोनयन दर्ता गरेकै दिन आफूले निर्वाचन जित्ने धक्कु दिँदै ‘ग्याम इज ओभर’ भनेका नेकपा (एमाले)का उम्मेदवार केशव स्थापितले भने ३८ हजार ११७ मत मात्र पाएका छन्।

सुरुमा स्वतन्त्र उम्मेदवारको रुपमा चर्चा पाएर मनोनय दर्ता गर्दा एमाले पार्टीबाट गराएकी उपमेयर सुनिता डंगोलसमेत भारी मतसहित विजयी भएकी छन्। उनले नेकपा (एकीकृत समाजवादी)का रामेश्वर श्रेष्ठलाई भारी मतान्तरले पराजित गरेकी हुन्। सुनिता ६८ हजार ६१२ मत ल्याएर विजयी हुँदा श्रेष्ठले २३ हजार ८०६ मत मात्र पाएका छन्। सुनिता रामेश्वर भन्दा ४४ हजार ८०६ मत बढी ल्याएर विजयी भएकी छन्।

 

को हुन् वालेन्द्र ?

काठमाडौं महानगर प्रमुखमा नवनिर्वाचित वालेन्द्र साह कोही नभएर र्‍यापपर हुन्। जसको अध्ययन स्ट्रक्चरल इञ्जिनियर हो। उनको पेशासमेत स्ट्रक्चरल इन्जिनियरिङ हो। महोत्तरीमा जन्मिएका बालेनले इन्जिनियरिङ भारत गएर पढेका हुन्।

आम नेपालीमाझ भने उनी विभिन्न गीत लेखन, गायन, निर्देशनसँगै र र्‍याप गीतमार्फत् चिनिन्छन्। नेपाली युवा पुस्ताले उनलाई र्‍यापपरका रुपमा चिन्ने गरेका छन्। उनले काठमाडौं महानगरको नेतृत्वमा पुग्नका लागि आफ्नो र्‍याप गीतको लोकप्रियतालाई नै धेरै सदुपयोग गरेको देखियो। जसले काठमाडौंमा मात्र होइन राष्ट्रिय राजनीतिमा नै तरंग पैदा गरेको छ।

वालेन्द्रको पुर्ख्यौली घर महोत्तरी जिल्लाको एकडारा गाउँपालिका-२ मा पर्छ। वालेन्द्रको जन्म कुवदेवी साह र बुवाको रामनारायण साहबाट भएको हो।

वालेनको पुर्खौली घर एकडारा गाउँपालिका २ मा छ। उनका हजुरबुबा मुनिलाल साह तेली गाउँका जमिन्दार थिए। वालेनका बुवा डा. रामनारायण साहले गाउँको १० कट्ठा मन्दिरका लागि दान दिएका छन् भने उनको पुर्खौली घरमा अहिले एकडारा गाउँपालिका कार्यालय रहेको छ ।

उनले ह्वाइट हाउस इन्स्टिच्युट अफ टेक्नोलोजीबाट सिभिल इन्जिनियरिङमा स्नातक र भारतबाट स्ट्रक्चरल इन्जिनियरिङमा स्नाकोत्तर गरेका छन्।

शक्तिशाली पार्टीबाट उम्मेदवार बनेका आफ्नो आमा र बुवाको उमेरका सिर्जना सिंह र केशव स्थापितलाई पछारेका वालेनको आजदेखि अग्निपरीक्षा सुरु भएको छ। नागरिकका अपेक्षा धेरै भएकाले वालेनका लागि काठमाडौं महानगरको मेयर पद अवसरसँगै चुनौतीको एउटा पहाडसमेत हो।


धन्यवाद र्‍याली हुँदै
मेयर पदमा विजयी भएको औपचारिक घोषणा भएपछि बालेनका समर्थकहरुले ‘धन्यवाद र्‍याली’ आयोजना गर्ने भएका छन् । मतगणनास्थल राष्ट्रिय सभागृहबाट र्‍याली सुरु हुने कार्यक्रम तय भएको छ । बालेनको जीत सुनिश्चित भएसँगै उनलाई सामाजिक सञ्जालमा बधाई दिएका छन् । बालेनको जीत सुनिश्चित भएसँगै उनलाई सामाजिक सञ्जालमा बधाई दिएका छन् ।

बालेनको धन्यवाद र्‍याली शनिवार बिहान ६:३० मा सभागृहबाट शुरु भएर -भद्रकाली -त्रिपुरेश्वर – माइतीघर (सर्भिस ट्र्याक दक्षिण)- बबरमहल- बिजुलीबजार -युएन पार्क- कोरिडोर- शान्तिनगर- तिनकुने -कोटेश्वर- जडिबुटी- पेप्सिकोला (फिर्ता) – कोटेश्वर -तिनकुने- सिनामंगल – एयरपोर्ट -तिलगंगा- गौशाला -चावहिल -महाराजगञ्ज -सामाखुसी – नयाँ बसपार्क – बालाजु – स्वयम्भू – सितापाइला – कलंकी – बल्खु – कुलेश्वर – कालीमाटी – टेकु – त्रिपुरेश्वर – सुन्धारा हुँदै खुल्लामञ्चमा पुगेर ‘धन्यवाद सभा’मा परिणत हुने छ ।

 

प्रकाशित मिति : १३ जेठ २०७९, शुक्रबार  ७ : १० बजे

सुनिलको शानदार शतक, राजस्थानलाई विशाल लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले

मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत

जनकपुर। मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत प्राप्त गरेका

बारुणयन्त्र चुस्तदुरुस्त राख्न निर्देशन

विराटनगर – आगलागीका घटनालाई तुरुन्त नियन्त्रणमा लिन विराटनगर महानगरपालिकाका तीनवटै

सुशासनमा देखिएका अवरोध र चुनौती

लोकतन्त्र हाम्रो अभिष्ट र जीवन–पद्दति भइसकेको छ । यति हुँदाहुँदै

रविको प्रश्न –सहकारीको ऋण लिएको छैन, जीबी राईका सारा बदमासीको ठेक्का लिनुपर्ने हो ?

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूले सहकारीबाट कुनै