पाकिस्तानमा एक वर्षभित्र निर्वाचन हुँदैन : निर्वाचन आयोग | Khabarhub Khabarhub

पाकिस्तानमा एक वर्षभित्र निर्वाचन हुँदैन : निर्वाचन आयोग


१४ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इस्लामवाद – पाकिस्तानको निर्वाचन आयोगले सन् २०२३ को मे अगाडि निर्वाचन गर्न नसक्ने जनाएको छ ।

पाकिस्तान तेहरिक–इ–इन्साफका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री इमरान खानले मध्यावधि (अर्ली) निर्वाचनको माग गरिरहेका र निर्वाचन नहुन्जेल सडक प्रदर्शन गर्ने चेतावनी दिइरहेका बेला निर्वाचन आयोगले आगामी वर्षको मेसम्म निर्वाचन गर्न नसकिने जनाएको हो ।

पाकिस्तानमा नयाँ जनगणना केही सातापछि सुरु हुन लागेको र त्यसको नतिजा आएपछि मात्र निर्वाचन गर्न सकिने आयोगले संकेत गरेको छ ।

सातौं जनगणना १ अगस्टबाट सुरु हुने र त्यसको नतिजा यस वर्षको ३१ डिसेम्बरसम्ममा आउने योजना, विकास र विशेष पहल मन्त्रालयबाट १८अप्रिलमा पत्र प्राप्त गरेको आयोगले एक विज्ञप्तिमा उल्लेख गरेको छ ।

तसर्थ, नयाँ जनगणनाको आधारमा निर्वाचन गराउन आफू संवैधानिक रूपमा बाध्य हुने आयोगले प्रष्ट पारेको छ । यसअघि सन् २०१७ मा जनगणना भएको थियो ।

शहबाज खान नेतृत्वको वर्तमान सरकारले भने चुनावबारे केही बताएको छैन ।

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार  ८ : ५९ बजे

बिहारका पूर्व उपमुख्यमन्त्री मोदीको निधन

काठमाडौं – भारतको बिहार राज्यका पूर्व उपमुख्यमन्त्री एवम् भारतीय जनता

एनसेलले २० अर्ब बुझाएर अनुमतिपत्र नवीकरण गर्नुपर्ने

काठमाडौं– दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले यही जेठ १५ गतेभित्र 

क्रिकेटर लामिछानेको मुद्दाको पेसी आज

काठमाडौं– बलात्कार अभियोगमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको

कश्मिरको लागि ६ दशमलव ८ करोड डलरको राहत घोषणा

पाकिस्तान – पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले पाकिस्तान प्रशासित कश्मीरको लागि

बालुवाटारमा कांग्रेस नेताहरुसँग प्रधानमन्त्रीको छलफल जारी

काठमाडौं–  प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कांग्रेसका नेताहरुसँग छलफल गरिरहेका छन्