रुसमा विलय हुने विषयमा जनमत संग्रह गर्ने युक्रेनी पृथकतावादी नेताको भनाइ | Khabarhub Khabarhub

रुसमा विलय हुने विषयमा जनमत संग्रह गर्ने युक्रेनी पृथकतावादी नेताको भनाइ


१३ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युक्रेनका पृथकतावादी नेताले रुसमा विलय हुने विषयमा मतदान गर्न चाहेको बताएका छन् ।

स्वघोषित लुहान्स्क जनगणतन्त्रका प्रमुख लियोनिड पेश्चेनिकले रुसमा विलय हुने विषयमा निकट भविष्यमा नै जनमत संग्रह आयोजना गर्न सकिने बताएको समाचार संस्था एपीले जनाएको छ ।

एपीका अनुसार मतदाताहरूलाई रुसको हिस्सा हुने वा नहुने विषयमा जनमत संग्रह गरिने उनको भनाइ छ ।

यसअघि सन् २०१४ मा रुसले युक्रेनको क्राइमिया प्रायद्वीप कब्जा गरेपछि पनि जनमत संग्रहको आयोजना गरेको थियो । उक्त जनमत संग्रहमा ९७ प्रतिशतले रुसमा विलय हुन चाहेको नतिजा आएको दाबी गर्दै रुसले क्राइमियालाई आफूमा गाभेको थियो । यद्यपि विदेशी पर्यवेक्षकले भने जनमत संग्रह अत्यन्त धाँधलीपूर्ण रहेको बताएका थिए ।

सन् २०१४ मा युक्रेनमा तत्कालीन रुस समर्थित राष्ट्रपति भिक्टोर यानुकोभिचलाई सत्ताच्युत गर्नेगरी भएको आन्दोलनपश्चात युक्रेनको रुसी भाषीको बहुलता रहेको पूर्वी क्षेत्रमा लुहान्स्क जनगणतन्त्र र डोनेत्स्क जनगणतन्त्र गरी दुई स्वघोषित ‘राज्य’ स्थापित छन् । रुसले दुबै ‘राज्य’ हरुलाई समर्थन गर्दै आएको छ ।

रुसले यी दुबैलाई गत २४ फेब्रुअरीमा युक्रेनमाथि आक्रमण गर्नुपूर्व २१ फेब्रुअरीमा स्वतन्त्र राज्यको मान्यता दिएको थियो ।

प्रकाशित मिति : १३ चैत्र २०७८, आइतबार  ५ : ४५ बजे

इरानका राष्ट्रपति रायसीको अन्तिम संस्कार तेहरानमा हुने

काठमाडौं – यतिबेला इरान राष्ट्रपति गुमाएको पाँच दिने राष्ट्रिय शोकमा

मंगलबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल जेठ ८ गते मंगलबार सन्

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८१ साल जेठ ८ गते मंगलबार तदनुसार

आज २०८१ साल जेठ ८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ ८ गते मंगलबार तदनुसार

पशुपतिनाथको भेटी चोरेको आरोपमा आठ जना पक्राउ

काठमाडौं – भगवान् पशुपतिनाथको मन्दिरमा चढाइएको भेटी गन्ने क्रममा चोरी