अष्ट्रेलिया प्रवेश गर्न अब पीसीआर नचाहिने | Khabarhub Khabarhub

अष्ट्रेलिया प्रवेश गर्न अब पीसीआर नचाहिने


१३ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अष्ट्रेलिया प्रवेश गर्न अब पीसीआर रिपोर्ट नचाहिने भएको छ । अष्ट्रेलियाका प्रमुख विमानसेवा कम्पनीका अधिकारीसँगको छलफलपछि त्यहाँका स्वास्थ्यमन्त्री ग्रेग हन्टले विदेशी यात्रुले अष्ट्रेलिया प्रवेश गर्नुअघि पीसीआर परीक्षणको व्यवस्था हटाइएको जानकारी दिएका हुन् ।

‘अहिले अष्ट्रेलियामा प्रवेश गर्नको लागि उडानपूर्व पीसीआर परीक्षण अनिवार्य छ, अब अष्ट्रेलिया आगमनको लागि उडानपूर्वको पीसीआर परिक्षण गरिरहन पर्दैन ।’ मन्त्री हन्टले भने ।

कोरोना भाइरसविरुद्ध खोपको तीव्रतासँगै महामारीको जोखिम कम भएको अनुमानसहित नयाँ व्यवस्था गरिएको बताइएको छ । यद्यपि मास्कको प्रयोगलाई अनिवार्य गर्ने व्यवस्थालाई भने निरन्तरता दिइएको अष्ट्रेलियाबाट प्रकाशित हुने नेपाली समाचार पोर्टल नेपालट्युबले जनाएको छ ।

अहिले अष्ट्रेलियन नागरिक र त्यहाँ स्थायी बसोबास गर्नेहरुका लागि खोप नभएपनि प्रवेश अनुमति दिइँदै आइएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७८, आइतबार  ३ : २० बजे

आईपिएल : साविक विजेता चेन्नईमाथि पञ्जाबको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं- आज २०८१ साल वैशाख २० गते बिहीबार सन् २०२४

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख २० गते बिहीबार तदनुसार

आज २०८१ साल वैशाख २० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २० गते बिहीबार तदनुसार

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को