बझाङमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु | Khabarhub Khabarhub

बझाङमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु


१५ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बझाङ – बझाङको बुङगल नगरपालिका–३ जुगेपानीमा शनिबार साँझ ट्रयाक्टर दुर्घटना हुदा चालकको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् ।

गम्भीर घाइते भएका चालक स्थानीय ३८ वर्षीय जय बहादुर बोहराको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते भएका ट्रयाक्टरमा सवार सोही स्थानका ४० वर्षीय हर्क बहादुर बोहरालाई उपचारका लागि धनगढी लगिएको छ ।

शनिबार साँझ ६ बजे बिजगाडाबाट रमलेकतर्फ जाँदै गरेको से १ त १४४१ नम्बरको ट्रयाक्टर अनियन्त्रित भइ सडकबाट अन्दाजी २० मिटर तल खसेको अस्थाई प्रहरी पोष्ट बिजगाडाले जनाएको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतबार  ११ : ४४ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र