पार्टी कार्यालय तोडफोड गर्नेलाई कारबाही गर्न जनमत पार्टीको माग « Khabarhub

पार्टी कार्यालय तोडफोड गर्नेलाई कारबाही गर्न जनमत पार्टीको माग


१३ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही- जनमत पार्टीले सर्लाही जिल्ला पार्टी कार्यालयमा तोडफोड र आगजनीमा संलग्नहरूलाई कारबाहीको माग गर्दै उजुरी दिएको छ ।

बिहीबार पार्टीको जिल्ला अध्यक्ष जवाहर यादव नेतृत्वको टोलीले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएको हो । बुधबार मलंगवा नगरपालिका-८ स्थित कार्यालयमा जनता समाजवादी पार्टीका कार्यकर्ताहरूले जनमत पार्टीको ब्यानरमा आगो लगाउनुका साथै कार्यालयमा तोडफोड गरेका थिए ।

यसअघि, जनकपुरधाममा जनमतका कार्यकर्ताले जनप्रतिनिधिहरूका गाडीलाई निशाना बनाएर गरेको तोडफोडको प्रतिकारस्वरूप जसपाका कार्यकर्ताले पनि तोडफोड र आगजनी गरेका हुन् । जनमतका कार्यकर्ताको आक्रमणमा परी सर्लाहीका जसपा प्रदेश सांसद् अशोक यादवलगायत घाइते भएका थिए ।

प्रकाशित मिति : १३ माघ २०७८, बिहीबार  १० : ५३ बजे

‘संविधान राजनीतिक स्थायित्व, सामाजिक न्याय र समृद्धिको आधार’ 

दाङ–  लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधान राजनीतिक स्थायित्व, सामाजिक

प्रदेश खारेज गरी हिन्दु अधिराज्य स्थापना गर्नुपर्छ : ज्ञानेन्द्र शाही

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद तथा संसदीय दलका

संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने

हेटौंडा– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले संविधानप्रदत्त अधिकार नागरिकको दैनिक

चितवन निकुञ्जको ‘सेलिब्रेटी’ हात्ती रोनाल्डो मृत भेटियो, करेन्ट लागेको प्रारम्भिक आशंका

चितवन– चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा चर्चित जंगली

संविधान दिवसमा रविले भने- ‘अबको समीक्षा पिँधमा रहेका मान्छेलाई केन्द्रमा राखेर हुनुपर्छ’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संविधान दिवसका अवसरमा