विराटनगरमा चीनविरुद्ध प्रदर्शन | Khabarhub Khabarhub

विराटनगरमा चीनविरुद्ध प्रदर्शन


१३ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ– चीनले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै विराटनगरमा राष्ट्रिय एकता अभियान नेपालले प्रदर्शन गरेको छ । अभियानले नेपालको आन्तरिक मामिलामा चीनले हस्तक्षेप गरेको, सीमा मिचेको, सीमा नाका बन्द गरेको भन्दै चीनविरुद्ध प्रदर्शन गरेको हो ।

विराटनगरको महेन्द्र चोकबाट शुरु भएको र्‍याली भट्ठा चोकमा पुगेर सकिएको थियो । विरोध प्रदर्शनका क्रममा प्रदर्शनकारीले चिनियाँ राष्ट्रपति सी जिनपिङको फोटोसमेत जलाएका थिए। अभियानका मोरङ संयोजक जितेन्द्र यादवले नेपालको आन्तरिक मामिलामा चिनियाँ हस्तक्षेप बढिरहेकाले सचेत पार्न आन्दोलनमा उत्रनुपरेको बताए ।

राष्ट्रिय एकता अभियानका संयोजक विनय यादवले नेपालमा चिनियाँ गुप्तचर संस्था एमएससले गतिविधि बढाइरहेको, नेपालको अन्य देशसँगको सम्बन्धमा खेल्ने गरेको, चिनियाँ राजदूत नेपालको आन्तरिक मामिलामा खेलिरहेको, सीमा मिचेको, सीमा नाका एकतर्फी रुपमा बन्द गरेको, चीनमा अध्ययन गरिरहेका विद्यार्थीलाई फर्कन नदिई भविष्य अन्यौलमा पारिदिएको भन्दै चीनबिरुद्ध प्रदर्शन गर्नुपरेको बताए ।

प्रकाशित मिति : १३ माघ २०७८, बिहीबार  २ : ५६ बजे

सडक भत्किएपछि कान्तिलोकपथ बन्द

पाटन– कान्तिलोकपथ बन्द भएको छ । मर्मतसम्भारका क्रममा ललितपुरको काल्चेमा

हराएका शताब्दीऔँ पुराना मूर्ति नेपाल पठाइयो

वासिङ्टन डिसी– नेपाली राजदूतावासले पुरातात्विक महत्वका २४ वटा मूर्ति नेपाल

सहकारी प्रकरणमा मुछिएकी आफ्नै सांसदमाथि छानबिन गर्न राप्रपाको माग

काठमाडौं– राप्रपाले सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोप लागेकी आफ्नी

मार्तडी–कोल्टी सडकमा बस सञ्चालनको अस्थायी अनुमति

बाजुरा– जिल्लाको पूर्वी तथा उत्तरी भेगमा बस सेवा सञ्चालन गर्न

राप्रपाको केन्द्रीय समिति बैठक जेठमा बस्ने

काठमाडौं– राप्रपाको केन्द्रीय कार्य समितिको बैठक आगामी जेठ १०, ११