सेनाबाट सत्ता कब्जा भएपछि नागरिकमा खुसीयाली | Khabarhub Khabarhub

सेनाबाट सत्ता कब्जा भएपछि नागरिकमा खुसीयाली


१३ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पछिल्ला वर्ष पश्चिम अफ्रिकामा सेनाबाट सत्ता कब्जा सामान्य घटना बनेका छन्। यसै शृङ्खलामा थपिएको छ, बुर्किना फासो। बुर्किना फासोको सेनाले राष्ट्रपति रोच काबोरेलाई बर्खास्त गर्दै सत्ता लिएको जनाएको छ।

त्यहाँका राष्ट्रिय टेलिभिजनमार्फत यो घोषणा गरेका सैन्य प्रमुखले सुरक्षा संयन्त्रलाई कडा पारिएको जनाएका छन्।

इस्लामिक विद्रोहलाई नियन्त्रणमा लिन नसेकेका राष्ट्रपति काबोरेसहित उनका सहयोगीलाई सुरक्षित स्थानमा नजरबन्द गरिएको जनाइएको छ। राजधानी ओउगा डोउगुमा बम विस्फोट भएको एक दिनपछि यो घटना भएको थियो।

यसअघि सत्तारुढ पिपुल्स भुमभेन्ट अफ पोग्रेस (पिएमपी)ले राष्ट्रपति काबोरेलगायत मन्त्रीमाथि पनि हमला भएको र त्यो हमलामा मुस्किलले बचेको जनाएको थियो।

आइतबार अल काइदासँग सम्बन्धी इस्लामिक समूहको सैन्य जत्थाले सेना प्रमुखको राजीनामा माग गरेको थियो। त्यसपछि सेनाले जारी गरेको विज्ञप्तिमा भने काबोरेले देशलाई एकत्रित गर्न असमर्थ भएको तथा देशको सुरक्षा संयन्त्रमा धेरै गम्भीर सङ्कट देखा परेको जनाएको छ।

बुर्किना फासोमा यसअघि नसुनिएको समूहको नामबाट विज्ञप्ति जारी हुन थालेका छन्। द पीयोट्रीयाटिक मुभमेन्ट फर सेफ गार्ड एन्ड रि स्टोरेसनको नाममा पनि विज्ञप्ति जारी गरिएको छ।

लामो समयदेखि इस्लामिक सेनासँग युद्ध गरेको अनुभव बटुलेका सिनियर कमान्डर लेफ्टिनेन्ट कर्णेल पाउल हेन्री सान्डाआगो डामीवाले राष्ट्रपतिसहित सताई विघटन गरेको विज्ञप्ति हस्ताक्षर गरेका थिए। अर्का एक अधिकारीले यो विज्ञप्ति पढेका थिए।

विज्ञप्तिमा सरकार र संसद् विघटन भएको उल्लेख गर्दै संविधान खारेज भएको जनाइएको छ। साथै उपयुक्त समयमा फेरि संविधानको दायरामा देशलाई लैजाने प्रतिबद्धता पनि व्यक्त गरिएको छ। सेनाले देशको सबै सीमा बन्द गरिएको जनाएको छ।

राष्ट्र संघको चासो
संयुक्त राष्ट्र सङ्घका प्रमुख एन्टेनियो गुटिरेजको पछिल्लो घटनामा चासो लिँदै राष्ट्रपति लगायत नजरबन्दमा रहेकाको स्वास्थ्यको र जीवनको बारे ध्यानाकर्षण गराएका छन्।

अफ्रिकी युनियन अन्तरगतको एक क्षेत्रीय सङ्गठन ‘इकोवास’ले पनि बल पूर्वक सत्ता लिइएकोमा चासो लिँदै राष्ट्रपतिको अवस्था र स्वास्थ्यबारे समेत सेना नै जिम्मेवार हुने जनाएको छ।

यस अगाडि नै राष्ट्रपतिको गिरफ्तारीको समाचारमा बुर्किना फासोमा खुसीयाली मनाइएको थियो। अहिले त्यहाँ मोबाइल बन्द गरिएका छन् भने धेरै जसो इन्टरनेटले काम नगर्ने भएका छन्। कुनै स्थानमा भने घरेलु वाइफाइले काम गरिरहेका छन्।

१८ महिना यता सेनाले सत्ता लिएको बुर्किना फासो पश्चिम अफ्रिकामा तेस्रो देश हो। यसअघि गुयना र मालीमा पनि निर्वाचित सत्तालाई सेनाले विस्थापित गरी सकेको छ। गुयनामा गत महिना मात्र राष्ट्रपति अल्फा कोन्डेलाई सेनाले बर्खास्त गरेको हो।

यो सबै घटनाको विकास भए यता राष्ट्रपति काबोरे कतै पनि देखिएका छैनन्। तर, दुई पटक ट्विटर एकाउन्ट भने सक्रिय भएको थियो। सत्ता च्युत हुनु केही समय अघि उनले ट्विटर मार्फत नै अफ्रिकी नेसन्स कपमा जित हात पार्ने बुर्किना फासोको फुटबल टोलीलाई बधाई दिएका थिए।

उनको एकाउन्टबाट पोस्ट भए पनि त्यो पोस्ट गर्ने उनी आफै या अन्य कोही हो भन्ने शंका धेरैलाई छ। राष्ट्रपति भएको स्थान अनिश्चित नै भए पनि केही सुरक्षा अधिकारीको श्रोत अनुसार उनी लगायत मन्त्रीलाई राजधानीमै रहेका सानगाउले लामीजानाको ब्यारेकमा राखिएका छन्।

सडकमा खुशीयाली

आइतबार मात्र राजधानी सडकमा सयौँले जुलुस निकालेर खुसीयाली मनाएका छन्। सत्तारुढ पार्टीको कार्यालयमा तोडफोड गरेको थियो। एक साता अघि मात्र राष्ट्रपतिलाई बर्खास्त गर्ने प्रयास गरेकोमा ११ जना सेनालाई सरकारले गिरफ्तार गरेको थियो।

सत्तारुढ दल एकै पटक असफल भए पनि सन् २०१५ देखि नै इस्लामिक सङ्गठनको विद्रोहलाई नियन्त्रणमा नसकेका कारण उनको आलोचना भइरहेको थियो। यसै क्रममा नोभेम्बरमा सुरक्षा निकायका महत्त्वपूर्ण व्यक्ति सहित ५३ जनाको हत्या भएको थियो। सो हत्यामा पनि प्रतिबन्धित सैन्य सङ्गठन जिहादीस्थको नै भूमिका भएको अनुमान गरिएको छ। शनिवार मात्र पनि सत्ताको असफलताको विरुद्धमा एक प्रदर्शनलाई रोकिएको थियो।

सैन्य विद्रोह र अपेक्षा
सैन्य विद्रोहसँग थुप्रै माग जोडिएका छन्। सेना प्रमुखको राजीनामाको माग पहिलेदेखि नै बढेको थियो भने अग्र मोर्चामा धेरै सेना राख्नु पर्ने जनाइएको छ। यसैगरी, विस्थापित सेना र प्रहरीको परिवारका लागि धेरै सुविधाको आवाज उठ्न थालेका छन्। यस अघि यस्तै अनगिन्ती समस्या भोगको मालीमा सन् २०२१ मा सेनाले सत्ता लिएपछि सर्वसाधारणले यसै गरी, समर्थन गरेका थिए।

१८ महिना यता सेनाले सत्ता लिएको बुर्किना फासो पश्चिम अफ्रिकामा तेस्रो देश हो। यसअघि गुयना र मालीमा पनि निर्वाचित सत्तालाई सेनाले विस्थापित गरी सकेको छ। गुयनामा गत महिना मात्र राष्ट्रपति अल्फा कोन्डेलाई सेनाले बर्खास्त गरेको हो। गत वर्ष नै चाँदमा नै सेनाले सत्ता लिएको थियो। सो समयमा झडपकै क्रममा राष्ट्रपति यद्ररियस देवेको ज्यान नै गएको थियो।

इकोवासले ती देशमा प्रतिबन्ध लगाउँदै संवैधानिक दायरामा देशलाई ल्याउन सर्कुलर जारी गरी सकेको छ। अहिले लेफ्टिनेन्ट कर्णेल पोउल हेन्री डामीवा बुर्किना फासोको नयाँ नेता बनेका छन्। गत डिसेम्बर महिनामा मात्र काबोरेले डामीवालाई बढुवा गर्दै सेनाको तेस्रो प्रमुख व्यक्ति बनाएका थिए।

राजधानी ओगाडाउगुलाई सुरक्षा अवस्था दरिलो बनाउनका लागि सो समयमा राष्ट्रपतिले कदम लिएका थिए। पेरिसको सैन्य एकेडेमीमा अध्ययन गरेका डामीवाले हालै लेखेको पुस्तक ‘वेस्ट अफ्रिकन आर्मी एन्ड टेरोरिजम : अन सर्टेन रेस्पोन्सेस ’ अत्यन्त चर्चामा छ। साथै यसलाई पठनीय पनि मानिएको छ।

राष्ट्रपति र सेनाको द्वन्द्व
पछिल्लो सैन्य श्रोतकै अनुसार राष्ट्रपतिलाई राजीनामा पत्र हस्ताक्षर गराइसकिएको छ। राष्ट्रपतिले एउटा सङ्केत भने ट्विट मार्फत पहिले पनि गरेका थिए। ‘प्रजातन्त्र रक्षा गर्ने सन्दर्भमा हामी अहिले गम्भीर मोडमा छौँ। म अहिले सेनाको नेतृत्वलाई देशको हितमा ध्यान दिन आग्रह गर्छु। यो वार्ता गरेर एक आपस बीचमा असमझदारी हटाएर नै सम्भव छ। ’

बुर्किना फासोमा सैन्य हस्तक्षेपको योजना अगस्ट देखिएकै हो। अतिवादी इस्लाम हमलाबाट देशलाई जोगाउन नसकेको कारण आलोचित राष्ट्रपतिलाई बर्खास्त गर्ने समय उपयुक्त भएको ठहर गर्दै देश बाहिर थुप्रै बैठक भएका थिए।

सोमबार सडकमा आएर सैन्य सत्ताको समर्थन जनाउने जुनियर बोहारो भन्छन्, ‘मानिसहरू घरबाट हराउन थालेका छन्। आतङ्ककारीबाट मारिन थालेका छन्। अब सेनाको नेतृत्वमा देश सही बाटोमा अघि जाने छ। ’

इकोवासले नै भने वार्ताबाट समस्याको समाधान खोज्न अपील गरी रहेको छ। बुर्किना फासोमा रहेको फ्रान्सेली राजदूतावासले भने आफूलाई घटनाले आश्चर्यमा पारेको बताउँदै आफ्ना नागरिकलाई अति आवश्यक विषय भन्दा बाहिर ननिस्कन र रातको समयमा निवासबाट बाहिर ननिस्कन सर्कुलर जारी गरेको छ।

राष्ट्रपति काबोरेको शासनकालमा देश गरिबी तर्फ गएको तथा इस्लामिक समूहलाई नियन्त्रणमा लिन नसकेको कारण आम नागरिक सैनिक सरकारको पक्षमा उभिएका छन्।

ह्युमन राइट वाचकै तथ्याङ्क अनुसार बुर्किना फासोमा अलकाइदा र इस्लामिक स्टेटले गरी कुल १५ लाख मानिसको ज्यान लिई सकेका छन्। यसै कारण सरकारप्रतिको आक्रोश तीव्र थियो। नेदरल्यान्डमा रहेका क्लीनजेन्डीयल इन्स्टिच्युट रिसर्चर कन्टेनीयन गाउभीले पनि सन् २०१५ मा काबोरे सत्तासीन भए यता सेनाले बारम्बार गर्दै आएको प्रयास अहिले सफल भएको बताउँछिन्।

सुन उत्पादन गर्ने देश भए पनि बुर्किना फासो पश्चिम अफ्रिकाकै एक गरिब देश हो। विगतमा त्यहाँका इस्लामिक समूहसँगको झडपमा सेनाले ठूलो क्षति भइसकेको छ। धेरै देशमा इस्लामिक समूहले कठोर इस्लामिक कानुन लगाउँदै आएको छ भने समानान्तर सत्ता पनि यथाबत छ।

राष्ट्रपति काबोरेको शासनकालमा देश गरिबी तर्फ गएको तथा इस्लामिक समूहलाई नियन्त्रणमा लिन नसकेको कारण आम नागरिक सैनिक सरकारको पक्षमा उभिएका छन्। यसका बाबजुद इस्लामिक सेना र सत्ता हातमा लिएको राष्ट्रिय सेना बीचको तनाव र गृह युगको बाटोमा बुर्किना फासो यथावत नै रहने छ।

प्रकाशित मिति : १३ माघ २०७८, बिहीबार  ८ : ३० बजे

प्रतिनिधिसभाको बैठक बस्दै, दल सम्बन्धी विधेयक फिर्ता लिने प्रस्ताव पेस हुने

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

विश्वकप अगाडिको पहिलो अभ्यास सिरिजको अन्तिम खेलमा नेपाल पराजित

काठमाडौं – विश्वकप अगाडिको पहिलो अभ्यास सिरिजको अन्तिम खेलमा नेपाल

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार

आज २०८१ साल जेठ ६ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार