दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने मुख्य समाचारहरू (अडियोसहित) | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने मुख्य समाचारहरू (अडियोसहित)


१० भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आज दिनभर निर्वाचनका लागि उम्मेद्वार सिफारिस गर्न काँग्रेसको निर्देशन, ओलीद्वारा केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेश, राहदानी विभागको पार्किङ खुल्ला, राहदानी विभागको पार्किङ खुल्ला, कर्णाली प्रदेशका आफ्ना सबै सांसदलाई मन्त्री बनाउँदै माओवादी, कपिलवस्तुमा गोली हानेर एकजनाको हत्या, थप ३ सय २४ जनामा कोरोना संक्रमण पुष्टि लगायतका समाचारले प्रमुख स्थान पाए ।

यी हुन् आज दिनभरका मुख्य समाचारहरू:

निर्वाचनका लागि उम्मेद्वार सिफारिस गर्न काँग्रेसको निर्देशन
नेपाली कांग्रेसले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न तल्ला तहलाई निर्देशन गरेको छ ।

महामन्त्री गगनकुमार थापाले केन्द्रीय कार्यसमितिको निर्णयबमोजिम एक साताभित्र उम्मेदवारको नाम सिफारिस गर्ने प्रक्रिया अघि बढाउन निर्देशन दिएका हुन ।

महामन्त्री थापाले प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष र समानुपातिकतर्फको उम्मेदवारीका लागि प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति र प्रदेश सभा सदस्यको प्रत्यक्ष र समानुपातिकतर्फको उम्मेदवारीका लागि प्रदेश सभा क्षेत्रीय कार्यसमितिले सो क्षेत्रका केन्द्रीय महाधिवेशन प्रतिनिधि र प्रदेश अधिवेशन प्रतिनिधिको संयुक्त बैठक राखेर उम्मेदवारको नाम सिफारिस गर्न निर्देशन दिए ।

कांग्रेसको विधानबमोजिम प्रत्यक्षतर्फ सहमति नभए बहुमतको प्रक्रियाबाट बढीमा तीन जना र समानुपातिकतर्फ बढीमा दुई जनाको नाममा निर्णय गरी सिफारिस गर्न निर्देशन गरेको छ । त्यस्तो निर्णय क्षेत्रीय समितिहरूले भदौ १६ गतेसम्म गरिसक्न र २० गतेभित्र केन्द्रमा पठाइसक्न निर्देशन गरेको छ ।

ओलीद्वारा केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेश
नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गरेका छन ।

पार्टी कार्यालय ललितपुरको च्यालमा आज बसेको केन्द्रिय कमिटीको बैठकको पहिलो दिन पार्टी अध्यक्षको राजनीतिक प्रतिवेदनका साथै सल्लाहकार परिषद्को प्रतिवेदन, अनुशासन आयोगको प्रतिवेदन, लेखा आयोग र निर्वाचन आयोगको तर्फबाट प्रतिवेदन पेश गरिएको हो ।

त्यस्तै बैठकमा आगामी निर्वाचनमा उम्मेदवार चयनका लागि तयार गरिएको मापदण्डको प्रस्ताव पनि पेश गरिएको छ भने निर्वाचनमा भएका अन्तर्घात छानविन गर्नका लागि गठित कार्यदलले प्रतिवेदनका बारेमा जानकारी गराएको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

त्यस्तै पार्टीको तेश्रो केन्द्रीय कमिटी बैठकपछि भएका निर्णयहरुलाई पनि बैठकले अनुमोदन गरेको छ । बैठकले पार्टी कामलाई अघि बढाउनका लागि नियमावली बनाउन खगराज अधिकारीको संयोजकत्वमा कार्यदल गठन गरेको छ भने केन्द्रीय सदस्यमा मनोनित भएका चार जनालाई सपथ र कार्यबिभाजन गरिएको रिजालले बताए ।

उनले सवै घेराबन्दीलाई चिर्दै एमालेलाई बहुमतमा पुराउन र निर्वाचनको रणनीतिबारे बैठकले गम्भीर रुपमा छलफल गर्ने जिकिर गरे ।

त्यसअघि राजनितिक प्रतिवेदन पेश गर्ने क्रममा बोल्दै अध्यक्ष ओलीले अस्तित्व नै मेटाउछौ भन्दै एमालेलाई घेराबन्दीमा पार्न खोज्ने षडयन्त्रलाई असफल बनाएर बिजयको सुनिश्चित गर्दै अघि बढ्ने दावी गरे । उनले एमाले, देश र लोकतन्त्रको पक्षमा जनमत सिर्जना गर्ने गरि निर्वाचनको तयारीमा जुट्न निर्देशन दिए।

राहदानी विभागको पार्किङ खुल्ला
काठमाडाँको त्रिपुरेश्वरमा रहेको राहदानी विभागले आफ्नो अण्डरग्राउण्डमा रहेको होल्डिङ एरियामा पार्किङ खुल्ला गर्ने भएको छ ।

काठमाडौं महानगरपालिकाले बेसमेन्टमा रहेको प्रतीक्षा कक्ष हटाउन भन्दै कुर्सीहरु उठाएर खाली गरेपछि विभागले आज एक सूचना जारी गर्दै खुल्ला गर्ने बताएको हो ।

विभागले आइतबारबाट बेसमेन्ट खुल्ला गर्ने भन्दै विभाग बाहिर सडकमा पार्किङ नगर्न र कार्यालयमा सेवाग्राही मात्रै आउन पनि सूचना मार्फत अनुरोध गरेको छ ।

बालेनले अराजकता बढाएकाे मीन विश्वकर्माकाे आरोप
सत्तारूढ नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र साहले अराजक गतिविधि बढाइरहेको टिप्पणी गरेका छन ।

काठमाण्डौमा आज आयोजित एक कार्यक्रममा बोल्दै उहाँले कानुनी दायरामा ल्याएर कारबाही गर्ने अधिकार हुँदा हुँदै मेयर साहले ती भौतिक संरचनाहरू हटाउँदा अराजकता सिर्जना भएको भन्दै आपत्तिसमेत जनाए ।

गृहमन्त्रीलाई बन्दुक चलाउने अधिकार भयो भन्दैमा बन्दुक चलाउन नमिल्ने तर्क गर्दै नेता विश्वकर्माले स्थानीय बजार व्यवस्थापन गर्ने नाममा मेयरहरूले अराजक गतिविधि गर्न नहुने तर्क गरे । यस्ता गतिविधिले अराजकतालाई बढावा दिने उनको भनाइ थियो ।

आयात र रेमिट्यान्सले मात्रै देश चल्दैन : अर्थमन्त्री शर्मा
अर्थमन्त्री जनार्दन शर्माले आयात र रेमिट्यान्सले मात्रै देश नचल्ने बताएका छन ।

नेपाल उद्योग व्यापार महासङ्घ चितवनको पाँचौँ जिल्ला सम्मेलनमा बोल्दै अर्थमन्त्री शर्माले आन्तरिक उत्पादनको राजश्वले देश चल्ने बनाउनुपर्नेमा जोड दिएका हुन ।

देशको अर्थतन्त्रलाई स्थायित्व दिनका लागि गाउँगाउँमा उद्योग र व्यवसाय सञ्चालन हुन जरुरी रहेको उनले बताए । निजी, सहकारी र सरकारी तबरको लगानीले आयातलाई निरुत्साहित गर्दै निर्यात बढाउनु अहिलेको आवश्यकता रहेको उनको भनाइ थियो ।

कर्णाली प्रदेशका आफ्ना सबै सांसदलाई मन्त्री बनाउँदै माओवादी
नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशले प्रदेशसभामा सहभागी सबैलाई मन्त्रीको भाग पु¥याउने भएको छ । कर्णाली प्रदेशसभामा सहभागी मन्त्रीलाई फिर्ता बोलाएर मन्त्री बन्न बाँकीलाई सरकारमा पठाउने तयारी भएको छ ।

माओवादीले हालका जलस्रोत मन्त्री गणेशप्रसाद सिंह र आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टलाई फिर्ता बोलाएर जाजरकोटकै कृष्णा शाह र रुकुम पश्चिमका रातो कामीलाई मन्त्री बनाउने तयारीमा रहेको पूर्वमन्त्री एवम् माओवादी कर्णाली प्रदेश अध्यक्ष विमला केसीले जानकारी दिइन् ।

पार्टी केन्द्रको निर्देशनअनुसार सरकारमा रहेका दुईजना मन्त्रीहरूलाई फिर्ता बोलाएर सरकारमा सहभागी हुन बाँकी रहेका दुईजना सांसदलाई मन्त्री बनाइनेछ ।

कर्णाली प्रदेशसभामा माओवादी केन्द्रका ११ जना सांसद छन्। तीमध्ये नौ जना सांसद सरकारमा सहभागी भइसकेका छन्। बाँकी दुई जनालाई पनि सरकारमा सहभागी गराउनका लागि माओवादी केन्द्रले सात महिनाअघि नियुक्त गरिएका सिंह र विष्टलाई सरकारबाट फिर्ता बोलाएको हो ।

कपिलवस्तुमा गोली हानेर एकजनाको हत्या
कपिलवस्तुमा अपरिचित समुहले गोली हानेर एकजनाको हत्या गरेको छ । मायादेवी गाउँपालिका वडा नम्बर ६ मदरहवाका अन्दाजी ५५ बर्षका घुरहु भन्ने रामसमुझ पासीको अपरिचि समुहले आज दिउँसो गोली हानी हत्या भएको प्रहरीले जनाएको छ ।

घरमै बसेका पासीलाई दुई जना अज्ञात व्यक्तिले घरबाट बोलाई मायादेवी गाउँपालिका ५ को महादेव र बनकसिया बिचको सडकमा पु¥याएर गोली प्रहार गरेका थिए ।

गोली लागेर गम्भीर घाइते भएका पासीको उपचारका लागि कपिलवस्तु अस्पताल लैजाने क्रममा मृत्यु भएको हो । बायाँ तिघ्रामा गोली लागेको पासीको अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको प्रहरीले जनाएको छ ।

थप ३ सय २४ जनामा कोरोना संक्रमण पुष्टि
नेपालमा थप ३ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार ६ सय ७३ पिसिआर परिक्षणका क्रममा १ सय ६३ जना र १ हजार ८ सय ४२ एन्टीजेन परिक्षणका क्रममा १ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण थप १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप ४ सय १८ संक्रमित निको भएका छन् । हाल नेपालमा ३ हजार ९ सय ४३ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

 

 

प्रकाशित मिति : १० भाद्र २०७९, शुक्रबार  ९ : ३० बजे

पशुपतिनाथको भेटी चोरेको आरोपमा आठ जना पक्राउ

काठमाडौं – भगवान् पशुपतिनाथको मन्दिरमा चढाइएको भेटी गन्ने क्रममा चोरी

आगलागीको क्षति विवरण सङ्कलन गर्न समिति गठन

तनहुँ –तनहुँको व्यास नगरपालिका–३ मुख्यचोकस्थित फलफूल लाइनका सटरमा आज भएको

हरेक वर्ष कोइलावासमा पानीको समस्या

दाङ – गढवा गाउँपालिका–८ कोइलाबास निवासी ध्रुवरत्न तुलाधरलाई गर्मी याम

एक सय सात किलो गाँजासहित कार चालक पक्राउ

महोत्तरी – महोत्तरी प्रहरीले एक सय सात किलो गाँजासहित आज

भूकम्पले भत्किएका सात सय ७० सम्पदा पुनःनिर्माण सम्पन्न

काठमाडौं – विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त सम्पदामध्ये