क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एक जना पक्राउ | Khabarhub Khabarhub

क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एक जना पक्राउ


१० भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- रोजगारीका लागि क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनकुटास्थायी घर भई हाल काठमाडौँको भिमसेनगोला बस्ने ३८ वर्षीय शान्तकुमार देवान रहेका प्रहरीले जनाएको छ।

उनले रोजगारीका लागि क्रोएसिया पठाइदिन्छु र राम्रो काम लगाइदिन्छु भन्दै गोकुल भण्डारीसँग दुई लाख रुपैयाँ ठगी गरेका थिए।

वर्किङ भिसामा क्रोएसिया जानको लागि प्रतिव्यक्ति सात लाख रुपैयाँ लाग्ने र क्रोएसिया पुगेपछि प्रतिष्ठित अटाेमाेबाइल कम्पनीमा काममा लगाइदिने र मासिक एक लाखसम्म तलब हुने प्रलोभन देखाइ उनले सो रकम ठगेका थिए।

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुद्ध नगर पठाएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १० भाद्र २०७९, शुक्रबार  ६ : ३० बजे

बजेटमा घरेलु तथा साना उद्योगीको माग : नवीकरण निःशुल्क (भिडियोसहित)

काठमाडौं– सरकारले ल्याउन लागेको आगामी आर्थिक वर्ष ०८१/८२ को बजेटमा

‘ओलीले पुरानै स्टायल दोहोर्‍याउनु भयो, कांग्रेसका कारण देश मध्यावधिमा जान सक्छ’

काठमााडौं- प्रतिनिधिसभामा खरोरुपमा प्रस्तुत हुने नेतामा पर्छन् नेकपा एमालेका सांसद

चर्चामा बहादुरीको कथा

बेलायती जुम्ल्याहा दिदी बहिनीको यो बहादुरीको कथा तीन वर्ष अघिको

लाखौं रकम अपचलन भएका दोलखाका ३ सहकारीमा विशेष साधारणसभा आह्वान

दोलखा– लाखौँ रकम हिनामिना तथा अपचलन भएका दोलखाका तीनवटा सहकारीमा

इच्छाकामनाको चेपाङ बस्तीमा ‘एक घर, एक धारा’

चितवन– चितवनको इच्छाकामना गाउँपालिका–२ को छापडाँडामा ‘एक घर एक धारा’