४५ अंकले घट्यो सेयर बजार | Khabarhub Khabarhub

४५ अंकले घट्यो सेयर बजार


१० श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सेयर बजार करिब ४५ अंकले घटेकाे छ । साताकाे पहिलाे र दाेस्राे काराेबारकाे  दिन बढेको सेयर बजार तेस्रो दिन मंगलबार ओरालाे लागेकाे हाे ।

सेयर बजार परिसूचक नेप्से मंगलबार ४४ दशमलव ८० अंकले घटेर दुई हजार ८८ दशमलव १६ विन्दुमा झरेको छ ।

सबै समूहको सेयर घटेर बजार राताम्मे देखिएको छ । बजारसँगै कारोबार संख्या र रकम पनि घटेको छ । साेमबार चार अर्ब रुपैयाँभन्दा धेरेको कारोबार भएकोमा मंगलबार २२२ वटा कम्पनीका ८७ लाख ४० हजार कित्ता सेयर तीन अर्ब ७० करोड ४९ लाख रुपैयाँमा कारोबार भए । सबैभन्दा धेरै शिवम् सिमेन्टको १९ करोड ३६ लाख र अरुण काबेली हाइड्रोको १५ करोड ५७ लाख रुपैयाँको सेयर किनबेच भयो ।

गणपति लघुवित्त कम्पनीको सेयर करिब सात प्रतिशतले घटेको छ । रिभर फल्स पावर कम्पनी, सबैको लघुवित्त, पोखरा फाइनान्स र गुह्येश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कम्पनीको सेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार राताम्मे भए पनि मल्टिपर्पोज फाइनान्सको सेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ ।

प्रकाशित मिति : १० श्रावण २०७९, मंगलबार  ४ : ०८ बजे

भारतको लोकसभा चुनाव : तेस्रो चरणमा ६५ प्रतिशत मतदान

नयाँ दिल्ली – भारतमा तेस्रो चरणमा ६५ दशमलव ६८ प्रतिशत

बिर्तामोड नगरपालिका विकास निर्माणमा केन्द्रित

झापा– झापाको बिर्तामोड नगरपालिकाले नगरको विकास निर्माणमा आफूलाई केन्द्रित गरेको

गायक रवि ओडले गरे आत्मसमर्पण

काठमाडौं– वैवाहिक बलात्कारको आरोप लागेका गायक रवि ओडले प्रहरीसमक्ष आत्मसमर्पण

साउदी प्रो लिग : अल हिलाललाई उपाधि

काठमाडौं– साउदी प्रो लिगको उपाधि अल हिलालले जितेको छ ।

स्पेनिस ला लिगा : रियल मड्रिडको फराकिलो जित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा उपाधि पक्का गरिसकेको रियल मड्रिडले