राप्रपाको दुई दिने केन्द्रीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न | Khabarhub Khabarhub

राप्रपाको दुई दिने केन्द्रीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न


१२ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय प्रशिक्षण विभागद्वारा काठमाडौंमा आयोजित दुई दिने केन्द्रीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले ‘समसामयिक राजनीतिक परिस्थिति र राप्रपाको अबको कार्यनीति’ विषयमा प्रशिक्षण दिएका थिए । दुई दिनसम्म चलेको उक्त प्रशिक्षणमा प्रशिक्षार्थीलाई अध्यक्ष लिङ्देनले प्रमाण पत्र वितरण समेत गरेका थिए ।

उपाध्यक्ष एवं प्रशिक्षण विभागका प्रमुख ध्रुब बहादुर प्रधानले प्रशिक्षक प्रशिक्षणबाट तयार भएका प्रशिक्षकलाई निकट भविष्यमा सबै तहमा हुने प्रशिक्षणका लागि खटाइने जानकारी दिए ।

उनले भने, ‘प्रशिक्षण कार्यक्रम लिएर हामी सकेसम्म हरेक पालिका र वडासम्म पुग्नेछौं ।’

आजको सत्रमा पार्टीका सल्लाहकार समितिका अध्यक्ष निरञ्जन थापा, सहायक महामन्त्री रमानन्द न्यौपाने, केन्द्रीय सदस्य डा. राजेश गिरी, आइटी विज्ञ विप्लवमान सिंह, मोटिभेसनल स्पिकर रवीन कटुवालले विभिन्न विषयमा प्रशिक्षण दिएका थिए ।

समापन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा राप्रपालाई अग्रणी शक्तिको रुपमा स्थापित गर्न पालिका र वडा तहसम्म प्रशिक्षण सञ्चालन गर्न निर्देशन दिए ।

 

प्रकाशित मिति : १२ असार २०७९, आइतबार  १० : ३७ बजे

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल जेठ ७ गते सोमबार तदनुसार

आज २०८१ साल जेठ ७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ ७ गते सोमबार तदनुसार

प्रिमियर लिगको उपाधि लगातार चौथो पटक जित्दै सिटीले रच्यो दुर्लभ इतिहास

काठमाडौं- म्यान्चेस्टर सिटीले लगातार चौथोपटक इङ्लिस प्रिमियर लिगको उपाधि जितेको

इरानमा राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना, खोजी जारी

तेहरान – इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टर आइतबार खराब

जैविक विविधता संरक्षणमा डब्लुडब्लुएफको योगदान प्रशंसनीय : वनमन्त्री सुडी

काठमाडौं – वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले जैविक विविधता