वर्थ डे ब्वाई अर्जुन : यस्ता छन् मलाइकासँग विवाह नगर्नुको कारण  | Khabarhub Khabarhub

वर्थ डे ब्वाई अर्जुन : यस्ता छन् मलाइकासँग विवाह नगर्नुको कारण 


१२ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बलिउड अभिनेता अर्जुन कपुर आज आफ्नो जन्मदिन मनाउँदै छन् । जन्मदिनलाई विशेष बनाउन उनी प्रेमिका मलाइका अरोरासँग फ्रान्सको पेरिसमा छन् । फ्यानहरू उनीहरूको विवाहको पर्खाइमा छन् । तर अर्जुन र मलाइकाका लागि विवाह गर्ने कुरा त्यति सजिलो छैन । यी दुवैको परिवारमा केही यस्ता मानिसहरू छन्, जो अर्जुन र मलाइकाको विवाह हुन नदिन भिलेन बन्दैछन् ।

सोनम कपुर

अनिल कपुरकी छोरी सोनम मलाइकालाई पटक्कै मन पराउँदिनन् । एक पार्टीमा उनीहरूको झगडा नै भएको छ । त्यस कारण पनि मलाइकालाई अर्जुनले विवाह नगरुन् भन्ने चाहना सोनमको छ । मलाइकाको विषयलाई लिएर उनले अर्जुनलाई चेतावनी नै दिइसकेकी छन् ।

सलमान खान

अभिनेता सलमान खान पनि अर्जुन र मलाइकाको विवाह नहोस् भन्ने चाहन्छन् । उनीहरूको सम्बन्धलाई तोड्नका लागि सलमानले विभिन्न कदम पनि उठाएका छन् । उनले अर्जुनको पितासँग यस विषयमा कुराकानी गरिसकेका छन् ।

बोनी कपुर

अर्जुनका पिता बोनी कपुर अर्जुन र मलाइकाको विवाहको विरुद्धमा छन् । उनी अर्जुनबाट मलाइका अलग्गिउन् भन्ने चाहन्छन् । बोनी बिना कारण सलमानको परिवार परिवारसँग दुस्मनी मोल्न चाहँदैनन् । त्यही कारण उनी अर्जुनबाट मलाइका अलग्गिएको हेर्न चाहन्छन् ।

अरबाज खान

यो सूचीमा अरबाज खान पनि छन् । अरबाज आफू चाहिँ अरू कोहीसँग डेटमा छन्, तर उनकी पूर्व पत्नी मलाइका अर्जुनसँग डेटमा रहेको देख्दा क्रुद्ध छन् । उनी पनि पूर्व पत्नी मलाइका अर्जुनसँग विवाह नगरुन् भन्ने चाहन्छन् ।

अंशुला कपूर

अर्जुनकी बहिनी अंशुला कपूर पनि अर्जुनको विवाह मलाइका नहोस् भन्ने चाहिन्छन् । सुरुवाती समयमा अंशुला अर्जुन र मलाइकाको जोडीलाई मन पराउँदिन थिइन् । तर अहिले उनको सोचाइमा परिवर्तन आएको छ ।

प्रकाशित मिति : १२ असार २०७९, आइतबार  ७ : ३६ बजे

एक बजेट, दुई अर्थमन्त्री : कार्यान्वयनमा पुरानै ढर्रा !

काठमाडौं – एकै आर्थिक वर्षमा दुई/दुई अर्थमन्त्रीले वित्त नीति हाँक्ने

राष्ट्रिय भलिबल खेलाडी सम्मानित

स्याङ्जा– गण्डकी प्रदेशको प्रतिनिधित्व गर्ने राष्ट्रिय भलिबल खेलाडीहरूलाई सम्मान गरिएको

देशका निम्ति क्रियाशील हुनुपर्नेमा खनालको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता एवं

म्याग्दी पूर्णखोप सुनिश्चितता दिगोपना जिल्ला घोषणा

म्याग्दी– म्याग्दीलाई पाँच वर्षमुनिका बालबालिकाहरुले पूर्ण खोप पाएको सुनिश्चितता तथा

कांग्रेस संसदीय दलको बैठक सुरु, के गर्ला निर्णय ?

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ ।