तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का कोरिया जाँदै | Khabarhub Khabarhub

तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का कोरिया जाँदै


१२ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का छुन छुन कोरिया ओपन तेक्वान्दो प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्न सोमबार दक्षिण कोरियाको सिओल प्रस्थान गर्दै छन् ।

२९ जुनदेखि ६ जुलाईसम्म हुने प्रतियोगितामा अशोकले पुम्से र क्योरोगी विधामा निर्णायकको भूमिका निर्वाह गर्नेछन् । अशोक पारा तेक्वानदोको पनि अन्तर्राष्ट्रिय निर्णायक हुन् ।

अशोक क्याडेट तथा जुनियर विश्व च्याम्पियनसिपका लागि पनि निर्णायकमा मनोनीत भएका छन् । विश्व तेक्वान्दो (डब्लुटी) ले मनोनीत गरेको अशोकले जनाएका छन् ।

क्याडेटको प्रतियोगिता २८ देखि ३१ जुलाई तथा जुनियरको २ देखि ७ अगष्टसम्म बुल्गेरियाको सोफियामा हुँदै छ । उक्त प्रतियोगिताका लागि दक्षिण एसियाबाट निर्णायकमा मनोनीत हुने अशोक एक्लो हुन् ।

प्रकाशित मिति : १२ असार २०७९, आइतबार  ४ : ५८ बजे

सुदूरपश्चिमका मुख्यमन्त्रीले २१ गते विश्वासको मत लिने

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले यही वैशाख २१

युवाहरु विदेश तिर, नेपाली उद्योगमा विदेशी ल्याउनुपर्ने बाध्यता

काठमाडौं–उदयपुर घर भएको एक युवा लघुवित्तको ५० हजार हाराहारीको जागिर

म षड्यन्त्रको शिकार भएँ : सन्दीप लामिछाने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले आफू

रेशमको मुस्किल बढ्यो, एमालेको १ सिटले कांग्रेसलाई सत्ताको ढोका बन्द

काठमाडौं- उपनिर्वाचनको अघिल्लो नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरले सामाजिक

सुहाङलाई जिताउन शिवमाया र महेशको त्यो मिहिनेत

काठमाडौं–इलाममा लामो समयदेखि नेकपा एमालेको पकड छ । यहाँका दुवै