ललितपुरमा पानीपुरी बिक्रीमा रोक | Khabarhub Khabarhub

ललितपुरमा पानीपुरी बिक्रीमा रोक


१२ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर- ललितपुर महानगरपालिकाले हैजा नियन्त्रणका लागि पानीपुरी बिक्री वितरणमा रोक लगाएको छ । काठमाडौँ उपत्यकामा हैजा देखिएकाले ललितपुर महानगरको २९ वटै वडामा फैलिन नदिन पानी पुरीमा रोक लगाइएको हो ।

बाटो बाटोमा ठेला गाडामा पानीपुरी, चटपटे तथा पानी खाँदा रोग फैलने हुँदा नियन्त्रणका लागि ठेला गाडा पसल सञ्चालनमा रोक लगाइएको नगर प्रहरी प्रमुख सीताराम हाछेँथुले बताए। उनले भने, “अहिले हावापानी दूषित छ, फोहर पानी खाँदा हैजा फैलन सक्छ ।”

कतिपयले जारको भन्दै धाराको दूषित पानी खुवाउने गरेको पाइएको महानगरले जनाएको छ । हालका लागि सडकमा पानीपुरी र चटपटे बेच्न रोक लगाइएको हाछेँथुले बताए । महानगरले माइकिङ गर्दै २९ वटै वडामा जनचेतना फैलाउने काम गरिरहेको छ ।

स्वास्थ्यमा प्रतिकूल असर गर्ने क्रियाकलाप नियन्त्रण गर्नु आफ्नो कर्तव्य भएको महानगरले जनाएको छ । एक सातामा रोग नियन्त्रणमा नआए पानी पुरी बिक्री वितरणमा थप कडाइ गरिने हाछेँथुले जानकारी दिए।

प्रकाशित मिति : १२ असार २०७९, आइतबार  २ : २० बजे

राष्ट्रियस्तरको कांग्रेस प्रशिक्षण सम्पन्न

चितवन– नेपाली कांग्रेस चितवनले तीनदिने राष्ट्रियस्तरको आवासीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम

राष्ट्रिय चेस च्याम्पियनसिप सुरु

काठमाडौं – नेपाल बुद्धिचाल महासङ्घ र लुम्बिनी इभेन्ट म्यानेजमेन्टको संयुक्त

अभिनेता नीर शाहलाई ‘उद्धव दीर्घसाधना सम्मान’ प्रदान

काठमाडौं- गोपीकृष्ण कामख्या मिडिया कम्पनीले अभिनेता नीर शाहलाई ‘उद्धव दीर्घसाधना

टी-२० विश्वकपको पहिलो खेलमा क्यानडामाथि अमेरिकाको शानदार जित

काठमाडौं – टी-२० आईसीसी विश्वकपको पहिलो खेलमा आयोजक अमेरिकाले शानदार

पहिरोले दमौली–डुम्रे सडक अवरुद्ध

तनहुँ– पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ मुसेखोला नजिक पहिरो खस्दा दमौली–डुम्रे