वर्षायाममा जारको पानी सकेसम्म उमालेर पिउनुपर्छ | Khabarhub Khabarhub

वर्षायाममा जारको पानी सकेसम्म उमालेर पिउनुपर्छ

हैजा, झाडापखाला लगायत सरुवा रोगबाट बच्ने उपाय



गर्मी महिनासँगै वर्षायाम पनि सुरु भएको छ । अब वर्षायाममा विभिन्न खालका समस्या देखिने गरेको छन् । अहिलेको समयमा विशेषत झाडापखाला धेरै लाग्ने गरेको छ । पेट दुख्ने, पातलो दिसा लाग्ने, डिहाइड्रेसन हुने समस्या बढिरहेका छन् । साथै मौसमी रुघाखोकी, ग्याष्ट्रिटाइटिसका बिरामी पनि बढेका छन् ।

हैजा फैलिने सम्भावना
अहिलेसम्म २४ जनामा कलेरा भाइरस पुष्टि भइसकेको भनिएको छ । टेकुमा टेस्ट गर्दा कलेरा पुष्टि भएको थियो । यो रोग संक्रामक भएकाले पनि धेरै जोखिमपूर्ण मानिएको छ । काठमाडौँ जस्तो धेरै जनसंख्या भएको ठाउँ र प्रदूषित पानी हुनाले फैलिने सम्भावना धेरै रहेको छ ।

यो फैलिने भनेकै दुषित पानी र खानाकै कारणले हो । हामीले धारामा आउने पानीको स्रोत फोहोर छ भने धेरै मानिसमा एकैपटक संक्रमण देखिने गर्छ ।

एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने माध्यम
यो रोग खानेकुरा र दिसाको माध्यमबाट सर्ने हुन्छ । अहिले हामीले देखेका बिरामी वाग बजारका रहेका छन् । वाग बजारको पानी जाँच गर्दा इकोलाई र कोलिफर्म ब्याक्टेरीया देखिएको छ ।

इकोलाई पिसाब र दिसामा संक्रमण गर्ने किटाणु हो । तर, कोलिफर्म खासै रोग उत्पन्न गराउने किटाणु भने होइन । यी दुई किटाणु देखिएका ठाउँमा कलेराको किटाणु हुने सम्भावना भएकाले धारामा आउने पानीको स्रोत परीक्षण गरेर सर्तक रहनुपर्छ ।

रेष्टेुरेन्टमा जाँदा खानेकुरामा हामीले आइस युज गर्छौ । पानी फोहोर छ भने यसबाट पनि सर्ने गर्छ । विभिन्न काँचो खानेकुरा, फलफुल हामीले पानीले पखालेर खाँदा पानी दूषित छ भने रोग फैलिने सम्भावना बढी हुन्छ ।

पानी तथा खानाको कारणले सर्ने अन्य रोग

अहिलेको समयमा पानी तथा खानाको कारणले इन्फेक्सन हुनेगर्छ । पिसाब र दिसाको इन्फेक्सन मुख्य रहेको छ । खराब पानी र फोहोरबाट सर्ने रोग यही नै हो ।

फोहोर पानी तथा खानाको कारणले हेपाटाइटिस ए पनि हुने गर्छ । लिभरको समस्या, बान्ता हुने, कमजोर हुने, ग्यासट्राइटिस हुने गर्छ । ग्याष्ट्राइटिसका बिरामी यो सिजनमा धेरै देखिने गरेका छन् ।

जारको पानी उमालेरै खानुपर्छ
जारको पानी उमालेर खानु राम्रो हुन्छ । हामी डाक्टरले त सबैलाई जनचेतना गराउने हो । जार धेरै प्रकारका छन् । यसमा पनि कुनको गुणस्तर राम्रो छ । कतिपय अवस्था जारको पानी र घरको पानीको तुलना गर्दा इकोलाई र कोलिफर्म ब्याक्टेरिया भेटिएको छ ।

जारको पानी उमालेर या तामाको भाडामा फिल्टर गरेर खान सकिन्छ । जारको पानी खाँदा हामीले अलि विचार पुर्याउनुपर्छ ।

कस्तो व्यक्तिलाई संक्रमण बढी ?
कुनै पनि संक्रामक रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिमा बढी हुनेगर्छ । उमेर धेरै भएका व्यक्ति, डाइबिटिज भएका, रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति साधारण रोगबाट पनि ग्रसित हुने गरेका छन् ।

कसैलाई रुघाखोकी लागेर पनि धेरै ग्रसित हुने गर्छन् । कसैले डाइटिङ धेरै गर्छ भने त्यस्तो व्यक्तिमा पनि इम्युनिटि कम हुने गर्छ । कुनै रोग लागेर लामो समय औषधि खाएको व्यक्तिमा पनि इम्युनिटि कम हुने गर्छ । यस्ता व्यक्तिमा संक्रमण छिटो सर्छ ।

भाडापखालाको समयमै उपचार गर्नुपर्छ
भाडापखाला विभिन्न प्रकारको हुन्छ । यसमध्ये भाइरल डायरिया आफैं निको हुन्छ । यसलाई कुनै औषधि नखाई जीवनजल मात्र खाएर केही दिनमा निको हुन्छ ।

व्याक्टेरीयल डायरिया किटाणुबाट निको हुन्छ । यसको लक्षण आउँ पर्ने, ज्वरो आउने हुन्छ । कोही घरमै बस्नु भएको छ । पातलो दिशा मात्रै लागेको छ । आउँ परेको जस्तो पनि छैन ।

ज्वरो पनि आएको छैन भने घरमै बसेर जीवनजल खाएर निको हुन्छ । कसैलाई डायरिया धेरै भएको छ । कमजोर महसुश भएको, ज्वरो, बान्ता आउन लागेको जस्तो भएको छ भने अस्पताल जान सुझाव दिन्छौँ ।

हस्पिटल आएपछि सुरुमा कलेराको जाँच गर्दैनौँ। कलेरा भएको व्यक्तिमा निरन्तर बान्ता हुने, डाइरिया हुने चौलानी पानी जस्तो पखाला हुने भयो भने तुरुन्तै हस्पिटल गएर कलेराको जाचँ गर्नुपर्छ ।

बिरामी भन्दा लक्षण देखिएपछि उपचार गर्नुपर्छ
हामीले जहिले पनि बिरामीको लक्षणको उपचार गर्नुपर्छ । लक्षण मिल्दोजुल्दो बिरामीलाई सबै टेस्ट गर्ने हो ।

हामीले कलेराको टेस्टमा स्टुल टेस्ट गर्ने हो । कलेराको टेस्ट गर्ने ठाउँ धेरै छैन । सरकारी तहमा टेकुमा मात्रै छ । शरीरमा अरु रोग छ छैन भनेर बस्नु हुँदैन । सबैको परीक्षण गर्नुपर्ने हुन्छ । बिरामीको अवस्था के छ, त्यो हेरेर उपचार गर्नुपर्छ ।

सिजनल फलफुल खाँदा राम्रो
फलफुल खाँदा सिजनल फलफुल खादाँ राम्रो हुन्छ । तर, राम्ररी पखालेर खान सकिन्छ । विशेषगरी गर्मीयमामा पानी धेरै हुने फल खान सकिन्छ ।

फलफुल खाँदा आफनो शारीरीक अवस्था हेरेर सेवन गर्नुपर्छ । खरबुजा, काक्रो जस्तो फलफूलमा पानी, नुन, पोटासियमको मात्रा बढी हुन्छ । यसैले यो सिजनमा पानीको मात्रा बढी भएका फलफूल खान सकिन्छ ।

समस्या हुन नदिन
हामीले खाना राम्ररी पकाएर, राम्रोसँग हात धोएर मात्रै खानुपर्छ । सकेसम्म बाहिरको पानी प्रयोग गर्दा सफा पानी मात्र पिउनुपर्छ । होटलमा जाँदा आइसको प्रयोग सकेसम्म गर्नुहुँदैन ।

आइसमा प्रयोग गरिएको पानी सफा छ छैन हेरेर मात्र प्रयोग गर्नुपर्छ । काचोँ खानेकुरा सकेसम्म बाहिर गएर प्रयोग गर्नुहुँदैन। बाहिरको खाना, जंक फुड कम खानुपर्छ ।

(कन्सल्टेन्ट फिजिसियन डा. प्रतिक पौडेलसँग विना न्यौपानेले गरेको कुराकानीमा आधारित)

प्रकाशित मिति : १२ असार २०७९, आइतबार  ७ : ४८ बजे

सुनचाँदीको मूल्य बढ्यो,  कतिमा हुँदैछ कारोबार?

काठमाडौं– नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुन-चाँदी

मुुग्लिन-पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै

गण्डकी– निर्माणाधीन मुग्लिन–पोखरा सडकअन्तर्गत पश्चिम खण्डका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधिबाट

सांसद्‌हरू भन्छन्‌ – ‘निजी क्षेत्रलाई विद्युत प्रसारणलाइनमा पनि संलग्न गराऔं’

काठमाडौं – विद्युत प्रसारणलाइन विस्तारमा पनि  निजी क्षेत्रलाई भूमिका दिनुपर्ने

चेपाङ आवास कार्यक्रम : इच्छाकामनामा २२ घर निर्माण

भरतपुर– चेपाङ आवास कार्यक्रमअन्तर्गत इच्छाकामना गाउँपालिकामा २२ घर निर्माण भएका

काठमाडौँमा फेरि बढ्यो वायु प्रदूषण

काठमाडौं– काठमाडौँ उपत्यकाको वायु प्रदूषण फेरी बढेको छ । मुलुकको