एन्फा अध्यक्ष शेर्पाले आफ्नो चरित्र हत्या गरेको भन्दै गणेश थापाको उजुरी | Khabarhub Khabarhub

एन्फा अध्यक्ष शेर्पाले आफ्नो चरित्र हत्या गरेको भन्दै गणेश थापाको उजुरी


१२ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अखिल नेपाल फुटलब संघ (एन्फा) का पूर्वअध्यक्ष गणेश थापाले राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव टंकलाल घिसिङलाई वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पाविरुद्ध आफ्नो चरित्र हत्या गरेको भन्दै उजुरी दिएका छन् । 

बिहीबार थापाले राखेप सदस्य सचिवलाई कार्यलयमै भेटेर उजुरी बुझाएका हुन् । आफूविरुद्ध विभिन्न आरोप लगाएर भ्रम सृजना गरेको भन्दै थापाले उजुरी दिएका हुन् । थापाले आफूविरुद्ध लगाइएको झुटा र काल्पनिक आरोपहरूको विषयमा छानबिन हुनुपर्ने र सत्य तथ्य बाहिर सार्वजनिक गर्नुपर्ने बताएका छन् । यसअघि थापाले ललितपुरको एक रेष्टुरेन्टमा पत्रकार सम्मेलन गर्दै शेर्पाले आफूलाई लगाएको १४ आरोप सार्वजनिक गर्दै प्रमाणित गर्न चुनौती दिएका थिए । 

त्यसलगत्तै फिफाले थापालाई चेतावनी पत्र पठाएको एन्फाले बताएको थियो । तर, थापाले भने आफूलाई चेतावनी पत्र नआएको बताउँदै आएका छन् । 

प्रकाशित मिति : १२ जेठ २०७९, बिहीबार  ५ : १६ बजे

पोखरामा आजदेखि एसिया कप ट्रायथोलन प्रतियोगिता हुँदै

कास्की– देशको पर्यटकीय राजधानी सहर पोखरामा आजदेखि ‘एसिया कप तथा

२६१ रन बनाएको कोलकाताविरुद्ध पञ्जाबले निकाल्यो आठ विकेटको ऐतिहासिक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार सन्

कीर्तिपुर मैदानमा नेपाल र वेस्ट इन्डिजको ऐतिहासिक सिरिज आजदेखि

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच शनिबारदेखि कीर्तिपुरस्थित