रुसी सेनाद्वारा डोनबासमा आक्रमणलाई तीव्रता | Khabarhub Khabarhub

रुसी सेनाद्वारा डोनबासमा आक्रमणलाई तीव्रता


१२ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रुसले पूर्वी युक्रेनको डोनबास क्षेत्रका ४० भन्दा धेरै शहरमा गोलाबारी गरी झण्डै एक दर्जन अग्ला भवन ध्वस्त पारेको युक्रेनी अधिकारीले जनाएका छन् । रुसले युक्रेनी फौजलाई घेरा हाली आक्रमण गरिरहेको समेत अधिकारीले बताएका छन् ।

तीन महिना लामो युद्धमा राजधानी किभ र दोस्रो शहर खार्किभ कब्जा गर्न असफल भएपछि रुसले आफू समर्थित पृथकतावादीको सहयोगमा डोनबासमा पूर्ण नियन्त्रण कायम गर्ने प्रयास गरिरहेको छ ।

रुसले सेभेरोडोनेत्स्क र लिसिचियान्स्क शहरमा रहेका युक्रेनी सेनालाई घेरा हाल्ने प्रयासमा तीन तर्फबाट आक्रमण गर्दै हजारौंँ सेना परिचालन गरेको छ ।

‘अब सबै कुरा डोनबासमा केन्द्रित छ’ युक्रेनी आन्तरिक मन्त्रालयका सल्लाहकार भाडिम डेनिसेन्कोले जनाएका छन् । २५ रुसी बटालियन रणनीतिक समूहले युक्रेनी सेनालाई घेरा हाल्ने प्रयास गर्दा अवस्था निकै तनावपूर्ण भएको उनले बताए ।

रुसी आक्रमणका कारण उक्त क्षेत्रका ४० भन्दा बढी शहरमा गोलाबारी गरेको र ३८ घर र एउटा विद्यालयसहित ४७ गैरसैनिक सार्वजनिक स्थल ध्वस्त भएरेकोे युक्रेनी सेनाको संयुक्त कार्यदलले बताएको छ । गोलाबारीका क्रममा पाँच नागरिकको मृत्यु भएको १२ घाइते भएका छन् ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पूर्वका केही भागमा युक्रेनी सेनाभन्दा रुसी सेनाको सङ्ख्या धेरै रहेको र रुसले युक्रेनसँग कैदी आदानप्रदानको व्यवस्था गर्न असफल भएको बताएका छन् ।

प्रकाशित मिति : १२ जेठ २०७९, बिहीबार  ४ : ५९ बजे

कोशीमा नयाँ सरकार गठनको आह्वान

काठमाडौं – कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार

सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माण गर्न सरकारले अनुदान दिने

ललितपुर – अबदेखि सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माणका लागि

महाकाली नदीको टापुमा ट्र्याक्टरसहित थुनिए मजदुर

कञ्चनपुर – कञ्चनपुरको महाकाली नदीमा नदीको बहाव बढेपछि नदीजन्य पदार्थ

राति मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना

काठमाडौं – हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको

लेखन कुञ्जद्वारा समाजसेवी महिलालाई सम्मान

काठमाडौं- मातातीर्थ औँसी २०८१ का अवसरमा लेखन कुञ्जले समाजसेवी महिलालाई