बालेनको उदयले राजनीतिक दललाई दिएको 'थ्रेट' | Khabarhub Khabarhub

बालेनको उदयले राजनीतिक दललाई दिएको ‘थ्रेट’



काठमाडौँ– बालेनको नामले परिचित बालेन्द्र शाहको परिचयमा  ‘काठमाडौँ महानगरपालिकाको मेयर’ थपिदैछ । स्ट्रक्चरल इन्जिनियर र र्‍यापरका रुपमा पहिचान बनाएका बालेनलाई महानगरवासीले आउँदो पाँच वर्षको लागि ‘टेस्ट’ गर्दैछन् ।

काठमाडौँ जस्तो ठुलो महानगरपालिकामा बालेनले पाएको मत अहिले चर्चाको विषय बनेको छ । उनले काठमाडौँमा बलियो पकड भएको नेकपा एमालेका उम्मेदवार र सत्ता गठबन्धनका साथ काठमाडौँको मेयर पदमा उठेको नेपाली कांग्रेसकी उम्मेदवारलाई भारी मत अन्तरले पछाडि पारेका छन्।

यसैले गर्दा पनि उनको चर्चा हुनु स्वाभाविक हो । बिना संगठन आफ्नो विचार प्रस्तुत गर्दै महानगरवासीको मन जितेका बालेन आफ्नो उम्मेदवारी केही समय अगाडि नै दिएका थिए । यद्यपि उनको घोषणालाई स्थानीय निर्वाचन हुने टुङ्गो लागेपछि मात्र गम्भीरतापूर्वक लिइयो । राजनीतिक दलले आफ्नो संगठन छ भनेर मनलाग्दी उम्मेदवार बनाउँदाको परिणामनै हो बालेनको उदय । 

उनले आफ्नो कुरालाई महानगरवासी समक्ष पुर्‍याए । विदेशमा देखिने सामान्य भइसकेको विकासलाई यहाँ गर्न सकिन्छ भनेर भनेनन् मात्र तरिका पनि सुनाए । फलतः काठमाडौँ महानगरवासीले उनलाई मत दिए । बालेनले मत ल्याउने विश्वास धेरैलाई थिएन । यहा एमाले र सत्ता गठबन्धनको लडाइ हुने धेरैको अनुमान थियो । यद्यपि बालेनले उनीहरूको लडाइ पहिलो नभई दोस्रो हुनलाई रहेको प्रमाणित गरे । बालेनलाई हल्काफूलका रुपमा हेरिरहेका दल उनको मतलाई हेरेर आश्चर्य छन् । किनकी उनले झिनो मतान्तरले नभई फराकिलो मतन्तरतका साथ निर्वाचित  हुँदैछन् । यो मत परिणामले काठमाडौँ महानगरवासीको इच्छालाई दल समक्ष राखेको मात्र छैन । आउँदो संघीय र प्रदेश सभाको निर्वाचनमा बालेन जस्ता धेरै उदाउँदै छन् । 

बालेनको उदयले अगाडि आउँन नसकेकालाई हिम्मत मात्र दिएको छैन, परिणाम पनि देखाएको छ । आउँदो निर्वाचनमा बालेन झैँ केही स्वतन्त्र उम्मेदवारले विभिन्न क्षेत्रमा उम्मेदवारी दिने तयारी गर्दैछन् । यसै वर्ष हुने निर्वाचनमा बालेनकै समुहबाट अन्यले आँट गरेर उम्मेदवारी दिने तयारी समेत गर्दैछन् । ‘बालेनले पाएको सफलताले टिमलाई हौसला मिलेको छ । राजनीति दल देखि दिक्क भएका जनताले अब विकल्प पाउने छन् । काठमाडौँकै केही क्षेत्रमा उम्मेदवारी दिने तयारी भइरहेको छ’ बालेनको टिममा रहेका एक सदस्यले बताए । 

उनले स्वतन्त्र शक्तिहरु अब विस्तारै जोडिने विश्वास समेत व्यक्त गरेका छन् । ‘यो आँट र परिणामले हामीलाई उत्साहित बनाएको छ । आफ्नो गाउँ, नगर र क्षेत्र विकास गर्ने खाका लिएर मतदाता कहाँ पुग्न सकेमा उनीहरूले निराश बनाउदैनन् भन्ने प्रमाणित भइसकेको छु ती सदस्यले भने । बालेनको जित घोषणा हुन् मात्र बाँकी रहँदा उनले दिलाएको महानगरवासीलाई दिलाएको विश्वास, पाएको मत, चुनावी प्रचार शैली, कम खर्च लगायतले धेरैलाई प्रभावित बनाएको छ । 

ती सदस्यका अनुसार केही पाँच वर्षपछि आउने निर्वाचनको तयारीमा समेत लाग्ने बाटोमा छन् । बालेन मात्र होइन धरान उपमहनागपालिकामा निर्वाचित भएका हर्क राज राई पनि धेरैको प्रेरणाको स्रोत बनेका छन् । तडक भड्क विना आफ्नो विचारलाई मतदातासम्म पुर्‍याएका उनी आफैमा उदाहरण हुन् । उनी निर्वाचित भएपछि अहिले चर्चाको विषय बनेका छन् । 

यसले गर्दा मतदाताले विकल्प त पाएका छन् । मतदाताले विकल्प पाउँदा राजनीतिक दलहरूको चिन्ता थपिएको छ । चुनावी समयमा उम्मेदवार बनाउन गरिने विभिन्न चलखेलसँगै संगठनको हैकम घटेको छ । संगठनको नाममा जो सुकैलाई पनि उम्मेदवारी दिएर निर्वाचित गराउन सक्ने परिपाटी खस्कदो छ । राजनीतिक दलले पनि विकास निर्माणको काममा प्रत्यक्ष जोडिएका र आफ्नो कार्ययोजनालाई मतदाता कहाँ प्रस्ट्याउन सक्ने उम्मेदवार अगाडि नसारेमा धेरै बालेन र हर्क उदाउने छन् ।

प्रकाशित मिति : १२ जेठ २०७९, बिहीबार  ३ : २३ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम