अनेरास्ववियुका नेताहरू रिहा | Khabarhub Khabarhub

अनेरास्ववियुका नेताहरू रिहा


१२ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा– पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा आन्दोलन गर्दा पक्राउ परेका अनेरास्ववियुका नेताहरू रिहा भएका छन् । हेटौंडामै बिहीबार मकवानपुर बहुमुखी क्याम्पस अगाडि सडकमा सरकारी सवारीलाई आवतजावतमा रोक लगाउने क्रममा पक्राउ परेका विद्यार्थी नेताहरू रिहा भएका हुन् ।

अनेरास्ववियु स्थायी कमिटी सदस्य सन्तोष पौडेल, जिल्ला उपाध्यक्ष भुवन मैनाली, जिल्ला सचिव पुष्कर तिमल्सिना र युवा संघका रजकुमार घिमिरे पक्राउ परेका थिए । मूल्यवृद्धिविरुद्धको अनेरास्ववियुको कार्यक्रमअन्तर्गत जिल्लामा सरकारी सवारीहरूलाई आवतजावतमा रोक लगाउनले क्रममा उनीहरू पक्राउ परेका थिए ।

उनीहरूले सरकारले मूल्यवृद्धि फिर्ता नलिएसम्म अनेरास्ववियुले विभिन्न चरणबद्ध रूपमा आन्दोलनको कार्यक्रम जारी राख्ने चेतावनी दिएका छन् ।

प्रकाशित मिति : १२ जेठ २०७९, बिहीबार  २ : ४४ बजे

एलओडी फेरि विश्वका उत्कृष्ट ५० क्लबभित्र

काठमाडौं- ठमेलस्थित एलओडी क्लब (नाइट क्लब) फेरि विश्वकै उत्कृष्ट क्लबमध्ये

संसदीय दलमा रविको ब्रिफिङ : मलाई घेरेर कांग्रेसले सत्ता गठबन्धन फुटाउन खोज्यो

काठमाडौं- सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदीय

खानीखोलामा श्रमाधान–कल सेन्टर सञ्चालन

काभ्रेपलाञ्चोक– जिल्लाको दुर्गम खानीखोला गाउँपालिकामा श्रम तथा रोजगार क्षेत्रसँग सम्बन्धित

रास्वपाको निष्कर्ष : कांग्रेसले कसैको इशारामा राजनीतिक अस्थिरता निम्त्याउन खोज्यो

काठमाडौं-सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रमुख प्रतिपक्षी दल

भौतिक संरचनामा प्रश्न उठाएपछि रंगशालाको अन्तर्राष्ट्रिय मान्यता गुम्ने खतरा  

काठमाडौं– दशरथ रङ्गशालाले अन्तर्राष्ट्रिय मान्यता गुमाउने सम्भावना बढेको छ ।