आईपीएलः लखनउलाई हराउदै बैंगलोर क्वालिफायरमा | Khabarhub Khabarhub

आईपीएलः लखनउलाई हराउदै बैंगलोर क्वालिफायरमा


१२ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लखनउ सुपर जाइन्ट्सलाई १४ रनले हराउँदै रोयल च्यालेन्जर्स बैंगलोर इन्डियन प्रिमियर लिग (आईपीएल) टी २० क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेश गरेको छ।

पराजित लखनउ बाहिरिएको छ। अब बैंगलोरले दोस्रो क्वालिफायरमा राजस्थान रोयल्ससँग खेल्नेछ।

राजस्थान पहिलो क्वालिफायरमा गुजरात टाइटन्ससँग पराजित भएको थियो। गुजरात फाइनल पुगिसकेको छ।

बुधबार राति भएको एलिमिनेटरमा बैंगलोरले दिएको २०८ रनको लक्ष्य पछ्याएको लखनउले २० ओभरमा ६ विकेट गुमाएर १९३ रनमा समेटियो।

लखनउका कप्तान केएल राहुलले सर्वाधिक ७९ रन बनाए। बैंगलोरका जोश हाजलउडले ३ विकेट लिए ।

त्यसअघि कोलकत्तामा टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ४ विकेट गुमाएर २०७ रनको योगफल तयार पारेको थियो।

बैंगलोरका लागि रजत पटीदरले अविजित ११२ रन बनाए।

प्रकाशित मिति : १२ जेठ २०७९, बिहीबार  ६ : ३७ बजे

खुल्ला कारागार निर्माण गरिने 

काठमाडौं– सरकारले प्रदेशको समन्वयमा खुल्ला कारागार निर्माण गर्ने भएको छ

‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ लागू गरिने

काठमाडौं– सरकारले ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ लागू गर्ने भएको छ

ठूला अस्पतालमा दुई सिफ्टमा बहिरङ्ग सेवा सञ्चालन गरिने

काठमाडौं– सरकारले पर्याप्त र जनशक्ति उपलब्ध भएका अस्पतालहरूमा दुई सिफ्टमा

सुरक्षा निकायको क्षमता अभिवृद्धि गरिने 

काठमाडौं– सरकारले नेपाली सेना लगायत सबै सुरक्षा निकायको क्षमता अभिवृद्धि

पाठेघर क्यान्सरविरुद्ध खोपलाई जिल्ला अस्पतालसम्म बिस्तार गरिने

काठमाडौं–  सरकारले पाठेघर क्यान्सरविरुद्ध खोपलाई जिल्ला अस्पतालसम्म बिस्तार गरिने  जनाएको छ