सलमानसँग टाइगरको तुलना भएपछि.... | Khabarhub Khabarhub

सलमानसँग टाइगरको तुलना भएपछि….


१३ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो समय बलिउडमा टाइगर श्राफ एकपछि अर्को सफलता मार्फत अगाडि बढिरहेका छन् ।

 ‘हिरोपन्ती’ डेब्यु अभिनेता टाइगरलाई ‘बागी’ सिरिजले स्थापित बनायो । उनले अभिनय गरेको फिल्म ‘बागी’ सलमान खान अभिनीत फिल्मको रिमेक थियो । पछिल्लो समय बडी र एक्सन मार्फत फ्यानको मनमा स्थान बनाउन थालेका टाइगरको तुलना सलमानसँग पनि भइरहेको छ ।

फिटनेसको कुरामा सलमान र टाइगर अगाडि आउने गरेका छन् । आफ्नो तुलना सलमानसँग भएपछि  टाइगरले यस विषयमा बोलेका छन् । टाइगरले सलमानलाई बलिउडको ‘शेर’ भनेका छन् । ‘मेरो तुलना सलमान सरसँग हुनु ठिक हैन, म बच्चा हुँ भने उहाँ शेर हुनुहुन्छ । त्यसैले तुलना नै हुँदैन  । मलाई लाग्छ सलमान सरको ब्रासलेटको पेज मात्र पनि बनाउने हो भने सोसल मिडियामा मेरो भन्दा बढी फलोअर्स हुन्छ’ टाइगरले एक अन्तरवार्तामा भने ।

टाइगर आफ्नो आइडलको रुपमा ऋतिक रोशनसँगै सलमानलाई पनि उत्तिकै मान्छन् । टाइगरको ‘हिरोपन्ती  २’ पछिल्लो समय प्रदर्शनको लागि तयारीमा छ । फिल्ममा टाइगरसँगै तारा सुतारिया , नवाजुद्दिन सिद्द्की लगायतको अभिनय रहेको छ ।

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलबार  २ : २३ बजे

२६१ रन बनाएको कोलकाताविरुद्ध पञ्जाबले निकाल्यो आठ विकेटको ऐतिहासिक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार सन्

कीर्तिपुर मैदानमा नेपाल र वेस्ट इन्डिजको ऐतिहासिक सिरिज आजदेखि

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच शनिबारदेखि कीर्तिपुरस्थित

इलाम र बझाङमा आज उपनिर्वाचन हुँदै

काठमाडौं – आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ। इलाम-२ मा