महोत्तरीमा ३ हजार ५५३ जनाको उम्मेदवारी मनोनयन दर्ता | Khabarhub Khabarhub

महोत्तरीमा ३ हजार ५५३ जनाको उम्मेदवारी मनोनयन दर्ता


१३ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– महोत्तरीमा आसन्न स्थानीय तह निर्वाचनका लागि विभिन्न पदमा तीन हजार ५५३ जना उम्मेदवारहरूले मनोनयन दर्ता गरेका छन् ।

Avatar

आइतबार र सोमबार भएको मनोनयन दर्तामा जिल्लाका १५ वटै पालिकामा गरी उक्त संख्यामा उम्मेदवारी आएको जिल्ला निर्वाचन कार्यालय महोत्तरीले जनाएको छ ।

Avatar

 

निर्वाचन आयोग महोत्तरीको अनुसार जिल्लाका १० नगरपालिकाहरूमा १५० जना नगरप्रमुखमा उम्मेदवार दर्ता गरेका छन भने बाँकी पाँच गाउँपालिकामा ८६ जनाले गाउँपालिका प्रमुखमा उम्मेदवारी दर्ता गरेका छन ।

Avatar

त्यसैगरी जिल्लाका १३८ वटा वडाहरु जम्मा ८८५ जनाले वडा अध्यक्षमा, ५८३ जनाले महिला सदस्यमा, ५५४ जनाले दलित महिला सदस्यमा र ११७३ जनाले सदस्यमा मनोनयन दर्ता गरेको निर्वाचन आयोगले जनाएको छ ।

Avatar

१५ वटा पालिकामा विभिन्न पदमा गरी ७२० जना मात्र जनप्रतिनिधि निर्वाचित हुनेछन् । महोत्तरीमा तीन लाख ३६ हजार ९५ जना मतदाता छन् भने जिल्लाभरि ४९७ मतदान केन्द्र र २५८ मतदानस्थल रहेका छन् ।

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलबार  १२ : ३० बजे

विरोध प्रदर्शन ‘लोकतन्त्र’ को पहिचान हो : अमेरिकी विदेश मन्त्री

बेइजिङ – अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले मध्यपूर्वलाई लिएर संयुक्त

१६औं योजनामा सुशासन सोच : झस्किए नेता !

काठमाडौं – १६औं योजनाको मस्यौदाको सोचमा ‘सुशासन’ शब्द प्राथमिकतामा राखिँदा

बागमती पुल जीर्ण बनेपछि दुर्घटनाको जोखिम

सर्लाही । पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाही र रौतहट जोड्ने बागमती नदीमाथिको

आयोगले भन्यो : उपनिर्वाचनमा निर्धक्कसँग मतदान गर्नू

काठमाडौं- निर्वाचन आयोगले इलाम–२ मा र बझाङ–१ (क) मा शनिबार