दमक गोल्डकप : गोर्खा ब्वाइज सेमिफाइनलमा | Khabarhub Khabarhub

दमक गोल्डकप : गोर्खा ब्वाइज सेमिफाइनलमा


१२ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा – गोर्खा ब्वाइज क्लब रुपन्देही झापाको दमकमा जारी दमक गोल्डकपको अन्तिम चारमा प्रवेश गरेको छ ।

शनिबार भएको खेलमा दार्जिलिङ पुलिस क्लबलाई टाइब्रेकरमा ४-३ गोलअन्तरले पराजित गर्दै गोर्खा ब्वाइजले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

एक/एक गोलको बराबरीमा निर्धारित समय सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा गोर्खा ब्वाइजको चारवटै प्रहार गोलमा परिणत भएको थियो । टाइब्रेकरमा गोर्खा ब्वाइजका मिक्चेन तामाङ, सुशन तामाङ, फोडे फोफोना र अवाडेले गोल गरे ।

टाइब्रेकरमा दार्जिलिङ पुलिस क्लबका आशिष देवान र नेवाश राना गोल गर्न चुकेपछि गोर्खा ब्वाइज विजयी भएको हो । टाइब्रेकरमा दार्जिलिङका भाइचाङ राई, दिवश तामाङ र निशाकर राईको प्रहार गोलमा परिणत भएको थियो । खेलमा सुरुवाती अग्रता गोर्खा ब्वाइजले लिएको थियो । खेलको ८ औँ मिनेटमा गोर्खाका यानिकले गोल गरे ।

डिबक्समा रहेका यानिकले हेडमार्फत गोल गरेका थिए । तर, तत्कालै दार्जिलिङ पुलिस क्लबले गोल फर्कायो । १३औँ मिनेटमा गोर्खा ब्वाइजका खेलाडीले डिबक्समा ह्यान्ड गरेपछि दार्जिलिङ पुलिसले पेनाल्टी पाएको थियो । पेनाल्टीमार्फत भाइचाङ राईले गोल गर्दै खेललाई बराबरीमा फर्काए ।

शनिबारको खेलको म्यान अफ द म्याच विजयी गोर्खा ब्वाइजका अवाडे भए । उनले नगद दश हजार रुपैयाँ प्राप्त गरे । आइतबार त्रिभुवन आर्मी फुटबल क्लब र दार्जिलिङको मानेभञ्ज्याङ फुटबल क्लबबीच खेल हुने खेल संयोजक मोहन मगरले जानकारी दिए ।

प्रकाशित मिति : १२ चैत्र २०७८, शनिबार  ९ : १४ बजे

बझाङमा एमालेको अग्रता यथावत, कांग्रेसलाई माओवादीले उछिन्यो

  बझाङ–बझाङ प्रदेश सभा १ को जारी मतगणनामा नेकपा एमालेका

सर्लाहीका आठ लाख बढीलाई हात्तीपाईलेविरुद्धको औषधि खुवाइने

बरहथवा– राष्ट्रिय अभियान अन्तरगत सर्लाहीमा पनि हात्तीपाइले रोगविरुद्धको आम औषधि

९८ प्रतिशत जनसंख्या विद्युतको पहुँचमा छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ९८ प्रतिशत जनसंख्या विद्युतको पहुँच

इलाम २ मा सुरुबाटै मुढाभन्दा पछि पर्‍यो घण्टी

इलाम–इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनलाई प्रतिष्ठाको विषय बनाएको राष्ट्रिय

हमासको नियन्त्रणमा रहेका दुई बन्धकको भिडिओ सार्वजनिक

गाजा– गाजा युद्ध रोक्न विभिन्न कोणबाट मध्यस्थता भइरहेका समय हमासले