रुसले सार्वजनिक गर्यो युक्रेनमा हताहतीको संख्या, कति मारिए ? | Khabarhub Khabarhub

रुसले सार्वजनिक गर्यो युक्रेनमा हताहतीको संख्या, कति मारिए ?


१२ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसले युक्रेनमा जारी आक्रमणमा आफ्नो तर्फ भएको सैनिक हताहतीको तथ्यांक सार्वजनिक गरेको छ । रुसी सैनिक निकायका उपप्रमुख कर्णेल जनरल सेर्गेई रुद्स्कोईले युक्रेनमा १३०० भन्दा धेरै रुसी सैनिक मारिएको जनाएका हुन् ।

उनका अनुसार युक्रेनमा १३५१ रुसी सैनिक मारिएका छन् । त्यस्तै, रुसी आक्रमणमा युक्रेनी सेनातर्फ १४ हजार जनाको मृत्यु भएको उनको दाबी छ ।

त्यसैगरी, रुसी आक्रमणका क्रममा हालसम्म ३ हजार ८ सय २५ जना घाइते भएको उनले बताए । युक्रेनमा मारिएका सैनिकका परिवारलाई राज्यले सहयोग गर्ने समेत आश्वासन दिए ।

यसअघि युक्रेनले एक महिनायता जारी आक्रमणका क्रममा १६ हजार रुसी सैनिक मारिएको दाबी गरेको थियो । युक्रेनमा हालसम्म आधा दर्जनजति वरिष्ठ रुसी सैनिक अधिकारी समेत मारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : १२ चैत्र २०७८, शनिबार  ५ : ४५ बजे

खबरसँगै रैथाने परिकार पस्किँदै पत्रकार

काठमाडौं- नेपालमा यतिबेला पत्रकारिता पेसा संकटमा छ । कतिपय मिडिया

किसानलाई मौरीसहितको घार अनुदान

तनहुँ– तनहुँको बन्दीपुर गाउँपालिका वडा–५ ले वडाका ९२ जना किसानलाई

नर्सहरूको सेवा सुविधामा सुधार गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता

काठमाडौं– प्रधानन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नर्सहरूको सेवा–सुविधामा एकरूपता ल्याउन सरकारले

स्कूल बसमा आगजनी

चितवन– चितवनको भरतपुर महानगरपालिका–२० दद्राहानी पुलमा स्माल हेभन स्कुल कल्याणपुरको

कामिरिताले गरे २९औँ पटक सगरमाथाको सफल आरोहण

काठमाडौं– कामिरिता शेर्पाले सगरमाथाको २९औँ पटक सफल आरोहण गरेर आफ्नै