लक्ष्यभन्दा ९२ प्रतिशत बढी राजस्व संकलन | Khabarhub Khabarhub

लक्ष्यभन्दा ९२ प्रतिशत बढी राजस्व संकलन


१२ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– महोत्तरीको जलेश्वर भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो छ महिनामा रु. एक अर्ब ५७ करोड १६ लाख १८ हजार राजस्व संकलन गरेको छ ।

यो लक्ष्यको तुलनामा १९१ दशमलव ९० प्रतिशत बढी हो । सो अवधिमा कार्यालयले रु ८१ करोड ८९ लाख ५६ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएको भन्सार अधिकृत एवं सूचना अधिकारी दिव्यरञ्जन दाहालले जानकारी दिए ।

कार्यालयले गत साउन महिनामा सबैभन्दा बढी १२१ प्रतिशत र गत पुसमा सबैभन्दा कम ६६ प्रतिशत लक्ष्यको तुलनामा बढी राजस्व संकलन गर्न सफल भएको कार्यालयका राजस्व शाखाका नायब सुब्बा शशि विश्वकर्माले बताए ।

कार्यालयले चालु आर्थिक वर्षको अहिलेसम्मको प्रत्येक महिनामा लक्ष्यभन्दा बढी नै राजस्व संकलन गर्दै आएको बताउँदै उनले समग्रमा लक्ष्यको तुलनामा ९१ दशमलव ९० प्रतिशत बढी राजस्व संकलन गर्न सफल भएको जानकारी दिए ।

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार  ५ : ५४ बजे

प्रतिनिधिसभा बैठक बस्दै, के छ कार्यसूचीमा ?

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।

बिहान उठ्ने बित्तिकै वाकवाकी लाग्छ ? समाधान थाहापाउनुहोस् !

काठमाडौं– अहिले गर्मीको मौसम छ । यो मौसममा धेरै स्वास्थ्यमा

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इरानका राष्ट्रपति रायसीको अन्तिम संस्कार तेहरानमा हुने

काठमाडौं – यतिबेला इरान राष्ट्रपति गुमाएको पाँच दिने राष्ट्रिय शोकमा

मंगलबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल जेठ ८ गते मंगलबार सन्