खरका छाना हटाउने अभियान सुरु | Khabarhub Khabarhub

खरका छाना हटाउने अभियान सुरु


९ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मान्म– कालीकोटको महावै गाउँपालिकाले खरको छानामुक्त बनाउने अभियान सुरु गरेको छ । गाउँपालिकाभित्र रहेका खरले छाएका घरलाई विस्थापित गर्ने अभियान चलाइएको छ । 

खरले छाएका घरपरिवारलाई जस्तापाता वितरण सुरु गरेको गाउँपालिकाले जनाएको छ । आर्थिक वर्ष २०७९/८० मा गाउँपालिकाभित्रका सबै खरले छाएका घरलाई विस्थापित गरेर जस्तापाताले छाउने अभियान सुरु भइसकेको गाउँपालिकाका अध्यक्ष खेमबहादुर सिंहले बताएका छन् । ‘हामीले पहिलो चरणमा खरले छाएका २९ घरधुरीलाई जस्तापाता वितरण गरेको छौँ’, उनले भने, ‘अन्य खरले छाएका घरको तथ्याङ्क सङ्कलन भइरहेको छ ।’ गाउँपालिकामा खरले छाएका केही घरको भइसकेको र केही घरको बाँकी रहेकाले सबैलाई जस्तापाता वितरण गरेर गाउँपालिकालाई खरको छानामुक्त गर्ने तयारी रहेको गाउँपालिका अध्यक्ष सिंहले बताएका छन् ।

‘निम्न वर्गका परिवार, जो टिन लगाउन नसकी खरको छानामुनि बसिराख्नुपरेको छ, उनीहरूलाई लक्षित गर्ने अभियान सुरु गर्न थालिएको छ’, उनले भने, ‘खरको छानो हुँदा आगलागी हुने जोखिम पनि धेरै भएकाले स्थानीयवासीलाई सुरक्षित बसोबासमा सहयोग गर्न अभियानको थालनी गरिएको छ ।’

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार  ३ : ३३ बजे

चिनियाँ अन्तरिक्ष यान चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण

काठमाडौं– चीनको मानवरहित चाङ इ–६ अन्तरिक्ष यान चन्द्रमाको दक्षिणी ध्रुव

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं–  नेपाली बजारमा साताको पहिलो कारोबार दिन अर्थात् आइतबार सुनको

राष्ट्रियस्तरको कांग्रेस प्रशिक्षण सम्पन्न

चितवन– नेपाली कांग्रेस चितवनले तीनदिने राष्ट्रियस्तरको आवासीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम

राष्ट्रिय चेस च्याम्पियनसिप सुरु

काठमाडौं – नेपाल बुद्धिचाल महासङ्घ र लुम्बिनी इभेन्ट म्यानेजमेन्टको संयुक्त

अभिनेता नीर शाहलाई ‘उद्धव दीर्घसाधना सम्मान’ प्रदान

काठमाडौं- गोपीकृष्ण कामख्या मिडिया कम्पनीले अभिनेता नीर शाहलाई ‘उद्धव दीर्घसाधना