ग्लामरसँगै बोल्ड सुमी (फोटो फिचर)  | Khabarhub Khabarhub

ग्लामरसँगै बोल्ड सुमी (फोटो फिचर) 


११ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सन् २०२१ मा मिस तामाङको टाइटल जितेपछि सुमी मोक्तान मिडियामा छाइन् । मोडल र अभिनेत्री सुमीले झ्यानाकुटी र सरौतोमा अभिनय गरेकी छन् । उनले ‘जानी नजानी’ फिल्मको एक गीतमा नृत्य समेत गरेकी छन् । उनले म्युजिक भिडियो, फेशन शो, विज्ञापनमा पनि काम गरिसकेकी छन् ।

५ फिट ६ इञ्च अग्ली सुमी फिटनेशमा निकै ध्यान दिने गर्छिन् । स्लिम शरीर, मिलेको अनुहार र लोभलाग्दो हाइटका कारण सुमी यस क्षेत्रमा नोटिस भइसकेकी छन् ।

उनले ‘सरौतो’ फिल्ममार्फत एक्सन गर्लको छवि बनाएकी छन् । एक्सन गर्ल चाहिएमा आउने पहिलो नाम नै संवत सुमी हो । उनले सरौतोमा एक्सन गर्न २ वर्ष मार्सल आर्टको प्रशिक्षण लिइन् ।

उनले सांकेतिक भाषाको प्रशिक्षण पनि लिएकी छन्। क्यारेक्टरलाई जीवन्त बनाउन उनले गरेको मिहिनेत सायदै पछिल्लो समय नव प्रवेशीले गर्ने गरेका छन् ।

यद्यपि जुन शैलीमा यो क्षेत्रमा सुमी उदाउनु पर्ने हो, त्यो अनुसार आक्रामक बन्न सकेकी छैनन् । आफ्नो क्यारेक्टरका लागि गरेको मिहिनेतसँग दर्शक कनेक्ट नभएपछि उनले सफलता पाउन सकेकी छैनन् ।

उनको द्वन्द्व र नृत्यको जति चर्चा र तारिफ हुन्छ त्यति अभिनयको हुँदैन । यद्यपि सुमी प्रयत्नशील छिन् ।

सुमीसँग खबर हबका कुबेर डंगोलले गरेको फोटोशुट

प्रकाशित मिति : ११ असार २०७९, शनिबार  १० : ३६ बजे

गर्मी बढेपछि बङ्गलादेशका सबै विद्यालय बन्द : तीन करोड बढी विद्यार्थी प्रभावित

काठमाडौं – बङ्गलादेशमा अत्यधिक गर्मी भएपछि तीन दिनको लागि सबै

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौँ– जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक

कुकुरले किन खुट्टा उचालेर पिसाब फेर्छ ? यस्तो छ कारण

कुकुरले एउटा खुट्टा उचालेर पिसाब फेरेको त हामी धेरैले देखि

आजको मौसम : चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव

आजदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै

काठमाडौं – आजदेखि कक्षा १२ को परीक्षा देशभर एकैसाथ सुरुहुँदै