भारतद्वारा चिनी निर्यातमा प्रतिबन्ध | Khabarhub Khabarhub

भारतद्वारा चिनी निर्यातमा प्रतिबन्ध


११ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतले चिनीको निर्यातमा प्रतिबन्ध लगाएको छ । घरेलु बजारमा मूल्य वृद्धि नियन्त्रणका लागि भन्दै भारतले चिनीको निर्यातमा प्रतिबन्ध लगाएको हो ।

समाचारमा जनाइएअनुसार भारत सरकारले व्यापारीहरुलाई आगामी जुन १ देखि अक्टोबर ३१ सम्मका लागि निर्यात अनुमति सुरक्षित गर्न समेत आग्रह गरेको भारतीय आर्थिक अनलाइन समाचार पोर्टल इकोनोमिक टाइम्सले जनाएको छ ।

यो कदमबाट घरेलु बजारमा चिनीको उपलब्धतामा सुधार तथा मूल्यवृद्धि नियन्त्रणको अपेक्षा गरिएको छ ।

‘जुन १ बाट चिनी (कच्चा, प्रशोधित र सेतो चिनी) को निर्यातलाई लाई प्रतिबन्धित सूचीमा राखिएको छ ।’ भारतको विदेश व्यापारसम्बन्धी महानिर्देशनालयलाई उद्धृत गर्दै इकोनोमिक टाइम्सले जनाएको छ ।

यो प्रतिबन्ध जुन १ देखि अक्टोबर ३१ सम्म लागू हुने जनाइएको छ ।

यद्यपि ‘सीएक्सएल’ र ‘टीआरक्यू’ मार्फत अमेरिका र युरोपतर्फ हुने चिनीको निकासीमा भने यस प्रतिबन्ध लागू नहुने जनाइएको छ ।
केही समयअघि भारतले गहुँको निर्यातमा पनि प्रतिबन्धको घोषणा गरेको थियो ।

प्रकाशित मिति : ११ जेठ २०७९, बुधबार  ३ : ३८ बजे

‘आगलागी न्यूनिकरणमा सरकार यति असंवेदनशील किन ?’

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशका विभिन्न ठाउँमा

पौडीपछि विवाद समाधानको बाटोमा टेबल टेनिस

नेपालमा लामो समय विवादमा रहेको पौडी सङ्घ विवाद समाधानको बाटोमा

ओलीसँग मिल्न तयार भइसकेका माधव नेपाल फेरि किन बिच्किए?

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुईपटक संसद् विघटन

एक संसदीय समितिको बैठक बस्दै

काठमाडौं– संसदीय समितिको बैठक बस्दै छ । आज विकास, आर्थिक

मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न

झापा– मेचीनगर नगरपालिका क्षेत्रभित्र तीनवटा ठूला खानेपानी आयोजना निर्माण भएका