काठमाडौंमा बालेनको अग्रता कायमै : सिर्जना सिंह २० हजार मतले पछाडि | Khabarhub Khabarhub

काठमाडौंमा बालेनको अग्रता कायमै : सिर्जना सिंह २० हजार मतले पछाडि


११ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले आफ्नो अग्रता कायमै राखेका छन्।

मतगणनाको प्रारम्भिक चरणदेखि नै अग्रता बढाउँदै लगेका बालेन्द्रले नेपाली काँग्रेसका उम्मेदवार सिर्जना सिंह र एमालेका केशव स्थापितलाई पछाडि पारेका हुन्।
पछिल्लो मत परिणामअनुसार बालेनले ५२ हजार २५१ मत प्राप्त गरेका छन्।

कांग्रेसकी सिंहले ३२ हजार ८२२ मत ल्याएकी छन्। बालेन भन्दा सिर्जना र स्थापित झण्डै २० हजार मतले पछाडि छन्। एमालेका स्थापितले ३२ हजार ८०७ मत प्राप्त गरेका छन्।

उपमेयरमा भने एमालेकी सुनिता डंगोलले अग्रता कायमै राखेकी छन्। उनले ४६ हजार ३४७ मत पाउँदा उनका प्रतिस्पर्धी सत्ता गठबन्धनका उम्मेदवार रामेश्वर श्रेष्ठले १६ हजार २८३ मत मात्र पाएका छन्।

प्रकाशित मिति : ११ जेठ २०७९, बुधबार  ५ : २५ बजे

आयोजनाको ठेक्का अवधि सकियो, प्रगति निराशाजनक

गण्डकी– पर्यटकीय राजधानी पोखरामा विद्युत् वितरण प्रणालीलाई भूमिगत गर्ने आयोजनाको

बझाङमा एमाले उम्मेदवार भण्डारीलाई पितृशाेक

बझाङ प्रदेश सभा क्षेत्र नं. १ काे उपनिर्वाचनमा नेकपा (एमाले)का

मलेसियाली नौसेनाका दुई हेलिकप्टर आपसमा ठोक्किँदा १० जनाको मृत्यु

काठमाडौं- सैनिक अभ्यासका क्रममा मलेसियाली नौसेनाका दुईवटा हेलिकप्टर आपसमा ठोक्किँदा

कतारी अमिरको नेपाल भ्रमण, सुरक्षा व्यवस्था कडा

काठमाडौं– कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल

भोजपुर सदरमुकाममा आगलागी, एक घर जलेर नष्ट

भोजपुर सदरमुकाममा मंगलबार बिहान आगलागी भएको छ। जिल्ला प्रहरी कार्यालयबाट