एमालेबाट काठमाडौँ मेयरमा स्थापित र उपमेयरमा डंगोलको उम्मेदवारी दर्ता  « Khabarhub

स्थानीय तह निर्वाचन

एमालेबाट काठमाडौँ मेयरमा स्थापित र उपमेयरमा डंगोलको उम्मेदवारी दर्ता 


१२ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एमालेबाट काठमाडौँ महानगरपालिकाको मेयरमा केशव स्थापित र उपमेयरमा सुनिता डंगोलको उम्मेदवारी दर्ता भएको छ । 

काठमाडौँस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनीहरूले आ–आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारी मनोनयन दर्ताको दोस्रो दिन सोमबार स्थापित र डंगोलले उम्मेदवारी दर्ता गराएका हुन् । 

स्थापित काठमाडौँ महानगरको पूर्व मेयर तथा बागमती प्रदेशका पूर्वमन्त्री र पूर्वसांसद हुन् भने डंगोल पूर्व मिस नेवा हुन् । 

२०५४ सालमा भएको स्थानीय निकायको निर्वाचनमा स्थापित काठमाडौँ महानगरको मेयरमा निर्वाचित भएका थिए । यसपटक पनि एमालेले पूर्व मेयर स्थापितलाई नै काठमाडौँ मेयरमा अघि सारेको हो ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  २ : ०१ बजे

अकबरे खुर्सानीमा आत्मनिर्भर घाम्राङ

लमजुङ – लमजुङको उत्तर पश्चिम क्षेत्रमा पर्ने क्व्होलासोंथर गाउँपालिका-८ को

टानको अध्यक्षमा बास्तोला निर्वाचित 

काठमाडौँ – पर्यटन व्यवसायीहरूको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ

राप्रपा नेपालको बैठकमा आज पदाधिकारीले धारणा राख्ने 

काठमाडौँ – कमल थापा नेतृत्वका राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालको नेपालको

निर्वाचनका लागि दल दर्ता गर्ने अन्तिम दिन आज 

काठमाडौँ – निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्न निर्वाचन

नागरिकता विधेयक राष्ट्रपतिले फिर्ता गरेकोबारे संसदमा जानकारी गराइने 

काठमाडौँ – नागरिकता विधेयकसम्बन्धी राष्ट्रपतिको पत्रबारे आज प्रतिनिधिसभामा जानकारी गराइने