बार्सिलोना घरेलु मैदानमा पराजित | Khabarhub Khabarhub

बार्सिलोना घरेलु मैदानमा पराजित


१२ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्पेनिस ला लिगा अन्तर्गत आइतबार राति भएको खेलमा बार्सिलोना घरेलु मैदान नोउ क्याम्पमा रायो भालेकानोसँग १-० अन्तरले पराजित भएको छ ।

भ्रमणकारी टोलीका अल्भारो गार्सिया खेलको सातौँ मिनेटमा गरेको गोल नै निर्णायक बन्दा जाभी होर्नाण्डेजको बार्सिलोना घरेलु मैदानमा हार बेहोर्न बाध्य भएको हो ।

बार्सिलोनाको हारसँगै शीर्ष स्थानको रियल मड्रिडलाई फाइदा भएको छ । उसलाई अब एक अंक भए ३५औँ पटक स्पेनिस ला लिगाको उपाधि जित्नेछ ।

हारसँगै बार्सिलोना ३३ खेलबाट ६३ अंकसहित दोस्रो स्थानमा छ । समान अंकको सेभिया तेस्रो स्थानमा छ । जित निकालेको रायो भालेकानो ४० अंकसहित ११औँ स्थानमा छ ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  ७ : १७ बजे

सहकारी ठगीमा संरक्षण सह्य हुँदैन : शेखर कोइराला

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले मुलुक दिशाविहीन

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी

कांग्रेसलाई कसले भड्कायो थाहा भएन, सहमतिकै पक्षमा छु : प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू नेपाली कांग्रेससँग अहिले पनि

सिरहाको राजदेवी मन्दिरमा वैशाखी मेला

सिरहा– सिरहाको लहान नगरपालिका–१५ स्थित राजदेवी पञ्चावती मन्दिर परिसरमा आज

बेलायतमा जुलाई ४ मा आमनिर्वाचनको घोषणा

काठमाडौं– बेलायतका प्रधानमन्त्री ऋषि सुनकले देशमा आमनिर्वाचनको घोषणा गरेका छन्