चिनियाँ विदेशमन्त्री वाङ काठमाडौँमा, यस्तो छ तीनदिने भ्रमण तालिका | Khabarhub Khabarhub

चिनियाँ विदेशमन्त्री वाङ काठमाडौँमा, यस्तो छ तीनदिने भ्रमण तालिका


११ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– तीनदिने नेपाल भ्रमणका लागि चिनियाँ स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यी काठमाडौँ आइपुगेका छन्।

परराष्ट्रमन्त्री डा. नारायण खड्काको निमन्त्रणामा विदेशमन्त्री वाङ २५ सदस्यीय टोलीको नेतृत्व गर्दै नेपाल आइपुगेका हुन्।

विदेशमन्त्री वाङलाई परराष्ट्रमन्त्री नारायण खड्का, परराष्ट्र सचिव भरतराज पौड्याल, चिनियाँ राजदूत हउ यान्छी, शिष्टाचार महापाल दुर्गाबहादुर सुवेदीलगायतले त्रिभुवन विमानस्थलमा स्वागत गरेको थिए।

विदेशमन्त्री वाङ दक्षिण एशियाली देशहरू पाकिस्तान, अफगानिस्तान र भारतको भ्रमणपछि नेपाल आएका हुन् ।

वाङले नेपाल बसाइमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्रमन्त्री खड्कालगायत नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ।

उनले भोलिबाट मात्र औपचारिक वार्ता थाल्नेछन्।

भोलि शनिवार मन्त्री यीले समकक्षी खड्कासँग वार्ता गर्नेछन्। भोलि नै उनले प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। भ्रमणको अन्तिम दिन आइतबार वाङको राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट हुनेछ।

वाङले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसहित अन्य राजनीतिक दलका शीर्ष नेताहरूलाई भेट्ने कार्यतालिका भने सार्वजनिक गरिएको छैन।

चिनियाँ परराष्ट्रमन्त्री यीले नेपाललाई आर्थिक सहायता घोषणा गर्ने अपेक्षा गरिएको छ। विभिन्न १२ सम्झौतामा हस्ताक्षर हुने दाबी गरिएको छ। विदेशमन्त्री वाङको सुरक्षाका लागि विशेष सुरक्षा टोली तैनाथ गरिएको छ।

https://www.facebook.com/khabarhubofficial/videos/276096354707435

प्रकाशित मिति : ११ चैत्र २०७८, शुक्रबार  ५ : ४० बजे

आईपीएल : आज राजस्थान र पञ्जाव भिड्ने

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज राजस्थान रोयल्स र

प्रहरी भ्यानबाट भागेका कैदी खतरनाक ग्याङमा आबद्ध

फ्रान्स – प्रहरी भ्यानबाट भागेर चर्चामा आएका फ्रान्सका एक कैदी

दोलखामा बोलेरो दुर्घटना हुँदा १४ जना घाइते, ९ जनाको अवस्था गम्भीर

दोलखा– दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर १ पवटीमा मलामी बोकेको

अर्थतन्त्रको बिग्रँदो स्वास्थ्य र आर्थिक प्रजातन्त्र

म अर्थशास्त्री होइन । अर्थतन्त्रको सञ्चालक पनि होइन । मसँग

संसदको गतिरोधबारे प्रधानमन्त्री र सभामुखबीच छलफल

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेबीच भेटवार्ता