ओली सुटुक्क ज्ञानेन्द्र निवास पुगेको माधव नेपालको आरोप (भिडिओ) | Khabarhub Khabarhub

ओली सुटुक्क ज्ञानेन्द्र निवास पुगेको माधव नेपालको आरोप (भिडिओ)


११ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपीशर्मा ओली चुनावमा राप्रपासँग तालमेल गर्न सुटुक्क पूर्वराजा ज्ञानेन्द्र शाहको निवास पुगेको आरोप लगाएका छन् ।

काठमाडौँमा भएको महिला भेला तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा अध्यक्ष नेपालले एकीकृत समाजवादीलाई कमजोर ठान्ने ओलीले तालमेलका लागि मरिमेटी लागेको बताएका हुन् ।

उनले आफ्नो पार्टीको विस्तार देखेर विरोधीहरू आत्तिन थालेको बताएका छन् ।

उनले नेकपा एमाले परित्याग गर्ने लहर नै चलेको दाबी पनि गरेका छन् ।

आफूहरू आफ्नै शक्ति लगाएर अगाडि बढ्ने भन्दै उनले विचार मिल्नेसँग हातेमालो गरेर अघि बढ्ने बताए ।

अध्यक्ष नेपालले एकल महिला, अपाङ्ता भएकालगायतलाई भत्ता दिने काम आफ्नो पालामा भएको पनि दाबी गरे ।

उनले महिला हिंसा बढेकोप्रति चिन्ता व्यक्त गर्दै यसविरुद्ध खबरदारी र सचेत गराउने काम पार्टी गर्ने प्रतिबद्धता जनाएका थिए ।

https://www.facebook.com/khabarhubofficial/videos/1305356346617119

प्रकाशित मिति : ११ चैत्र २०७८, शुक्रबार  २ : ४० बजे

भारतको लोकसभा चुनाव : सोमबार कुन राज्यमा कति सिटका लागि हुन्छ मतदान ?

काठमाडौं – सात चरणमा हुन लागेको भारत लोकसभाको चौथो चरणको

भाँगो र आलुसँग चामल साट्दै रमुवाका बासिन्दा

बागलुङ– बागलुङको उच्च पहाडी क्षेत्रमा पर्ने रमुवा गाउँ आलुखेतीका लागि

भेरी करिडोरका निर्माणाधीन पुलको अनुगमन

सुर्खेत– कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री शेरबहादुर बुढाले

२१४ विद्यार्थीलाई छात्रवृत्ति

स्याङ्जा– स्याङ्जाको गल्याङ नगरपालिकाले आर्थिक अभावका कारण उच्च शिक्षा अध्ययनबाट

संसदीय उपसमितिद्वारा मेलम्ची आयोजनाको अनुगमन

सिन्धुपाल्चोक– संसद्को पूर्वाधार विकास समिति अन्तर्गतको खानेपानी उपसमितिले राष्ट्रिय गौरवको