चिनियाँ विदेशमन्त्री आज नेपाल आउँदै | Khabarhub Khabarhub

चिनियाँ विदेशमन्त्री आज नेपाल आउँदै


११ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – चिनियाँ विदेशमन्त्री वाङ यी आज काठमाडौँ आउँदै छन् ।

परराष्ट्रमन्त्री डा नारायण खड्काको निमन्त्रणामा उनी तीन दिने नेपाल भ्रमणको सिलसिलामा काठमाडौँ आउन लागेका हुन् ।

भ्रमण तालिकाअनुसार चिनियाँ विदेशमन्त्री वाङ अपराह्न ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने भएका छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार भोलि नेपाल-चीन परराष्ट्र मन्त्री स्तरीय द्विपक्षीय वार्ता हुनेछ । उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र ) का अध्यक्ष पुष्पकमल दाहालसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।

चिनियाँ विदेश मन्त्री वाङ आइतबार साँझ स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : ११ चैत्र २०७८, शुक्रबार  ७ : ०७ बजे

लिङदेनको प्रश्न- प्रधानमन्त्रीले सत्ता जोगाउन दल फुटाउने देखि अरू के के गर्लान् ?

काठमाडौं– राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले सत्ता जोगाउन जे पनि गर्छु

सिप मेलामा सहकार्य गर्न डच फाउन्डेसन सोसियल डिपलपमेन्टसँग छलफल

काठमाडौं– टुँडिखेलमा काठमाडौँ महानगरपालिकाले सञ्चालन गरिरहेको ‘सिप मेला’ कार्यक्रम र

माल्दिभ्सका विदेश मन्त्री मूसा जमीर भारत भ्रमणमा

नयाँदिल्ली– कूटनीतिक गतिरोधको बीचमा माल्दिभ्सका विदेश मन्त्री मूसा जमीर दुई

कोशीमा शपथ लिँदै मुख्यमन्त्री कार्की, एमाले र माओवादीबाट एक-एकजना मन्त्री

विराटनगर- कोशी प्रदेश सरकारमा नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा

पाल्पाका अग्निपीडित परिवारलाई राहत

रामपुर– पाल्पाका अग्निपीडित परिवारलाई राहत उपलब्ध गराइएको छ । जिल्ला