राप्रपा नेपालबाट संगठन विस्तार कार्यलाई तीव्रता | Khabarhub Khabarhub

राप्रपा नेपालबाट संगठन विस्तार कार्यलाई तीव्रता


१३ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले चार वटा जिल्लाको नेतृत्व चयन गरेको छ ।

कमल थापा नेतृत्वको राप्रपा नेपालले विभिन्न जिल्लामा संयोजक तोकेर संगठन विस्तारलाई तीव्रता दिएको हो ।

शुक्रबार राप्रपा नेपालले कास्की जिल्ला कार्य समिति गठन गरेको छ । शिवकुमार बाँस्तोलाको अध्यक्षतामा कास्कीमा राप्रपा नेपालले २५ सदस्यीय कार्य समिति गठन गरेको हो ।

त्यस्तै राप्रपा नेपालले बाँके जिल्ला संयोजक पनि तोकेको छ । दीपेन्द्रबहादुर सिंहको नेतृत्वमा बाँकेमा समिति गठन गरिएको हो । हुम्लाले पनि राप्रपा नेपालको नेतृत्व पाएको छ । हुम्ला संयोजकमा सुमन रावत चयन भएका छन् । त्यसैगरी, चितवन जिल्ला संयोजकको जिम्मेवारी विष्णु खराललाई दिइएको छ ।

अन्य जिल्लामा पनि चाँडै जिल्ला कार्य समिति विस्तार गर्ने राप्रपा नेपालले जनाएको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार  ५ : ५२ बजे

चट्याङ लागेर ११ जनाको मृत्यु

काठमाडौं– भारतको पश्चिम बंगालमा चट्याङ लागेर ११ जनाको ज्यान गएको

५ लाख धरौटीमा रिहा भए रवि ओड

काठमाडौं– वैवाहिक बलात्कारको मुद्दापछि प्रहरी नियन्त्रण रहेका नेपाल आइडल सिजन

सनराइजर्स हैदरावाद आइपिएलको प्लेअफमा

काठमाडौं– सनराइजर्स हैदरावाद इन्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफमा पुगेको

कांग्रेसलाई जवाफ दिन ‘विश्वासको कार्ड’ ?

काठमाडौं- विहीबार संसदमा हंगामा भइरहँदा सत्तापक्षका नेता नेपी शर्मा ओलीले

फ्रान्सको कब्जामा रहेको न्यू क्यालेडोनिया टापूमा हिंसात्मक प्रदर्शन

काठमाडौं– फ्रान्सबाट १६ हजार किलोमिटर टाढा दक्षिण प्रशान्त महासागरमा रहेको