संसदबाट एमसीसी अनुमोदन गर्ने टुंगो कार्यव्यवस्था समितिबाट : कांग्रेस प्रवक्ता महत | Khabarhub Khabarhub

संसदबाट एमसीसी अनुमोदन गर्ने टुंगो कार्यव्यवस्था समितिबाट : कांग्रेस प्रवक्ता महत


१३ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले सरकारलाई साथ दिने दलसँग मिलेर अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदन गर्ने बताएका छन् ।

एमसीसी सम्झौता संसदमा पेस भइसकेकाले अब पारित गर्ने/ नगर्ने निर्णय कांग्रेसलाई जुन दलले साथ दिन्छ त्यही दलसँग मिलेर हुने उनले बताएका छन्। एमसीसी अनुमोदनका लागि संसदमा कांग्रेसलाई जुन दलले साथ दिन्छ, उहीसँग हाम्रो सहकार्य हुन्छ,’ डा.महतले भने ।

सत्ता साझेदार दलहरूले साथ नदिएपछि कांग्रेसले प्रमुख प्रतिपक्षी एमालेसँग मिलेर एमसीसी पास गर्ने प्रयास गरेको छ । यसैको प्रयासस्वरूप हिजोदेखि प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच छलफल भएको छ।

एमसीसी संसदमा कसरी अघि बढाउने भन्नेबारे आजको प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा छलफल गरेर निर्णय हुने नेता महतले जानकारी दिए ।

एमसीसी ध्वनि मत र मत विभाजनमध्ये कसरी अगाडि बढाउने भन्नेमा विवाद हुँदा हिजोको प्रतिनिधिसभा बैठक आजका लागि सारिएको छ । कांग्रेस ध्वनि मतको आधारमा एमसीसीलाई सदनमा अघि बढाउन चाहन्छ भने माओवादी केन्द्रले मत विभाजन गर्नुपर्ने अडान राखेको छ ।

 

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार  ११ : ३५ बजे

न्यूनतम पारिश्रमिक निर्धारण समितिको ऐन संशोधन गर्नुपर्छ : अध्यक्ष खड्का

काठमाडाैं– न्यूनतम पारिश्रमिक निर्धारण समितिका नवनियुक्त अध्यक्ष सङ्गीता खड्काले समितिमा

भक्तराजको निधनपछिका दृश्य राखेर फिल्म ‘आचार्य’ पुन प्रदर्शन हुने 

काठमाडौं– स्वर्गीय वरिष्ठ गायक एवं भजन शिरोमणि भक्तराज आचार्यको जीवनीमा

भरतपुरमा सात वर्षमा सात सय किलोमिटर सडक कालोपत्र

चितवन– कुनै बेला भरतपुर महानगरपालिकाका सडकमा गहिरा खाल्डा थिए ।

अवैध लागूऔषधसहित चार जना पक्राउ

काठमाडौं- काठमाडौं र बाँकेबाट अवैध लागूऔषधसहित  चार जना पक्राउ परेका

फोक्सोका बिरामीलाई सामाजिक सञ्जालमार्फत पाँच लाख सहयोग 

वालिङ– उपचारका लागि आर्थिक अभाव भएपछि फोक्सोका बिरामीलाई झन्डै पाँच