जसपाको कार्यकारिणी समितिको बैठक बस्दै, एमसीसीबारे धारणा बनाउँदै | Khabarhub Khabarhub

जसपाको कार्यकारिणी समितिको बैठक बस्दै, एमसीसीबारे धारणा बनाउँदै


१३ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दैछ।

आन्तरिक विवादका कारण लामो समयदेखि बस्न नसकेको जसपाको बैठक बिहान ११ बजे बालकुमारीस्थित केन्द्रीय कार्यालय काठमाडौँमा सुरु हुनेछ।

बैठकले अमेरिकन सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) देखी स्थानीय तहको निर्वाचनसम्मको एजेन्डामा छलफल गर्नेछ ।

‘आजको बैठकमा एमसीसी‍, स्थानीय तह निर्वाचन र पार्टीको विधान सम्मेलन गर्नेलगायत एजेन्डा तय भएका छन्,’ कार्यकारिणी सदस्य प्रशान्त सिंहले भने, ‘साथै, समसामयिक राजनीतिक विषयमा पनि छलफल हुनेछ ।’ उनका अनुसार पार्टी विभाजन पछि केन्द्रीय विभागदेखि अन्य संरचना तय नभएकाले सो बारेमा पनि छलफल हुनेछ ।

यसअघि तुलसीलाल स्मृति प्रतिष्ठान, च्यासलमा हुने भनिएको बैठक अन्तिममा बालकुमारीस्थित केन्द्रीय कार्यालयमा बस्न लागेको हो ।

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार  ८ : ३९ बजे

इतिहासकार ज्ञानमणिको योगदान अविस्मरणीय : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली इतिहास, साहित्य र शिक्षा क्षेत्रमा

कतारको रोजगारी हापेका रेयर राईको अभिनय यात्रा

काठमाडौं- जस्तोसुकै गरीब परिवारमा जन्मे पनि निरन्तर संघर्ष र साधना

उपाध्यक्ष पाण्डेकाे तर्क- गृहमन्त्रीको नाम किटान गर्न आवश्यक छैन, छानबिन समिति बनाउनु पर्छ

काठमाडौं– नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष एवं सांसद राजेन्द्र प्रसाद पाण्डेले

किसानलाई अनुदानमा कृषि औजार वितरण

गण्डकी– किसानलाई कृषि पेसामा थप आकर्षित गर्ने उद्देश्यले अनुदानमा कृषि

एनसेल बिक्री छानबिन प्रतिवेदन प्रधानमन्त्रीले कुन दराजमा थन्क्याए ?

काठमाडौं – गत मंसिर दोस्रो साता मलेसियाको आजियाटा ग्रुप बहार्डले