आज २०७८ साल फागुन १३ गते शुक्रबारको राशिफल | Khabarhub Khabarhub

आज २०७८ साल फागुन १३ गते शुक्रबारको राशिफल


१३ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज २०७८ साल फागुन १३ गते शुक्रबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेश:

फागुन १३ गते शुक्रबार
मेष : दिन राम्रो छ। आमदानी बढ्नेछ। नयाँ कामका बाटोटाहरु खुल्नेछन्। सबै कुरा राम्रो भए पनि तर उत्तरतिरको यात्रा नगर्नुहोला।

वृष : प्रत्यक्ष फल पाउनको लागि बिहान उठेर सूर्यको दर्शन गर्नुहोला। आज शिक्षाको क्षेत्रमा गरेको श्रम लगानीबाट राम्रो नतिजा मिल्नेछ। स्वास्थ्यमा भने समस्या आउने योग रहेको छ।

मिथुन : स्वास्थ्य लाभ हुनेछ। राजनीति र सामाजिक क्षेत्रमा चासो कम हुनेछ। पारिवारिक सम्बन्ध सुमधुर हुनेछ। प्रेम बढ्नेछ। आम्दानीभन्दा खर्च बढी हुने भएकाले कार्ययोजना बनाएर मात्र अघि बढ्नु उपलब्धि हुनेछ।

कर्कट : दिन राम्रो छैन। शुभ काम थालनी नगरेको राम्रो। दक्षिणको यात्रा नगर्नुहोला, समस्या पर्ने देखिएको छ। आजको दिन आफै रमाउने प्रयास गर्नुहोला।

सिंह : दिन सामान्य राम्रो छ। अरुले तपाईंबाट आश गर्नेछन्। पठनपाठनमा रुची बढ्नेछ। परीक्षाको तयारीमा हुनुहुन्छ भने फलदायी हुनेछ। स्वास्थ्यमा भने समस्या देखिने छ। खानपानमा ख्याल गर्नुहाला।

कन्या : दिन सामान्य छ। आलश्यता बढ्नेछ। परिवारमा वादविवाद हुनेछ। दीर्घकालीन योजना नबनाउनुहोला। वैदेशिक क्षेत्रमा भने तपाईंको राम्रो छ। श्रम लगानीबाट राम्रो फाइदा हुने दिन परेको छ।

तुला : शत्रु बढ्नेछन्। आयआर्जनमा बाधा छ। शिक्षा क्षेत्रमा गरेको लगानीबाट भने फाइदा हुनेछ। वैदेशिक क्षेत्रमा पनि सफलता मिल्ने योग रहेको छ।

वृश्चिक : शिक्षा, स्वास्थ्य, राजनीति, सामाजिक क्षेत्रहरु यथावत रहेको छ। धन आर्जनमा सन्तोष मिल्नेछ। कर्म क्षेत्रमा भने आफैंले गरेको लगानीले राम्रो प्रगति गर्न सक्ने सम्भावना छ। अरु सबै क्षेत्र यथावत छन्।

धनु : बोलीमा प्रभाव रहनेछ। परोपकारका काममा ध्यान जानेछ। वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ। आफ्नो काम बन्ने योग रहे पनि प्रयास आफैँले गर्नुपर्नेछ।

मकर : ठूलो योजना नगर्नुहोला। व्यापार व्यवसायमा सन्तोषजनक रहेको छ। वैदेशिक क्षेत्रमा पुरानो लगानी उठ्ने छ। काममा सफलता मिल्नेछ।

कुम्भ : आयआर्जन हुनेछ। अरु क्षेत्र सबै यथास्थितीमा रहेपनि शिक्षाको क्षेत्रमा गरेको श्रम लगानीबाट उत्साह मिल्नेछ।

मिन : पराक्रम बढ्नेछ। प्रतिस्पर्धीबाट सहयोग लिन सक्नुहुनेछ। स्वास्थ्यमा समस्या आउने भएकाले खानपानमा ख्याल गर्नुपर्नेछ। शत्रु पराजित हुने भएकाले तपाई सफल बन्नु हुनेछ।

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार  ५ : ०१ बजे

सञ्चार नीतिबारे छलफल गर्न झापामा मिडिया सम्मेलन सुरु

झापा– नेपाल पत्रकार महासङ्घ झापा शाखाको आयोजनामा कनकाई नगरपालिकाको सुरुङ्गामा

कट्टेलचोक–आमाडाँडा सडक कालोपत्र

गोरखा– गोरखा नगरपालिकास्थित कट्टेलचोक–कट्टेलडाँडा हुँदै आमाडाँडा जोड्ने सडकखण्ड कालोपत्र गर्ने

मूर्तिकला व्यवसायबाट मनग्य आम्दानी

दाङ– कपिलवस्तु घर भएका पल्टुराम मगर अहिले मूर्तिकला व्यवसायमा छन्

कारको ठक्करबाट पत्रकार रोहिताको मृत्यु

जनकपुरधाम– कारकाे ठक्करबाट पत्रकार शिवेन्द्र रोहिताको मृत्यु भएको छ ।

बागमती प्रदेशसभामा विषयगत समितिको सभापति चयन गरिँदै

हेटौँडा– बागमती प्रदेशसभाअन्तर्गत विषयगत समितिका सभापतिको नाम चयन गरिँदै छ