‘जी ले जरा’बाट किन अलग्गिइन् प्रियंका ? | Khabarhub Khabarhub

‘जी ले जरा’बाट किन अलग्गिइन् प्रियंका ?


११ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– बलिउडदेखि हलिउडसम्म यात्रा गरिसकेकी अभिनेत्री प्रियंका चोपडा र उनका पति निक जोनास सरोगेसीका माध्यमबाट आमाबाबु बनिसकेका छन् । प्रियंका र निकका फ्यानहरु सामाजिक सञ्जालमार्फत उनीहरुलाई बधाई दिइरहेका छन् । धेरैले प्रियंका आमा बनेपछि उनको करियरमा केही असर पर्छ भन्ने अनुमान लगाएका थिए ।

यो अनुमान केही हदसम्म सही साबित भएको छ । प्रियंकाले निर्माता फरहान अख्तर र रितेश सिधवानीलाई उनीहरुको फिल्म ‘जी ले जरा’मा आफ्नो सट्टा अरु कोही अभिनेत्रीलाई अनुबन्धित गर्न आग्रह गरेकी छन् । करिब सय करोडभन्दा बढी बजेटको यो फिल्मबाट प्रियंका अलग्गिने निर्णय लिइसकेकी छन् ।

यो फिल्मका लागि निर्माण पक्षले कटरिना कैफ र आलिया भट्टसँगै प्रियंकालाई पनि अनुबन्धित गरेका थिए । फिल्म सडक यात्राको कथामा आधारित छ । प्रियंकाले आमा बनेपछि सम्पूर्ण समय र शक्ति बच्चाका लागि छुट्याउने निर्णय लिएकी छन् ।

सन्तानका कारण प्रियंकाले फिल्मबाट हात झिकेपछि अहिले निर्माताहरु को अभिनेत्री लिने भन्ने तनावमा छन् । प्रियंका पछिल्लोपटक फरहानकै फिल्म ‘द स्काई इज पिंक’मा देखिएकी थिइन् ।

प्रकाशित मिति : ११ माघ २०७८, मंगलबार  ४ : ३३ बजे

ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं– टर्कीएका लागि नेपालका गैरआवासीय राजदूत तापस अधिकारीले त्यहाँका राष्ट्रपति

बेँसीसहर-खुदी सडक कालोपत्र सम्पन्न

लमजुङ– मनाङ र लमजुङ जोड्ने बेँसीसहर–चामे सडक कालोपत्र सम्पन्न भएको

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी

काठमाडौं– दुग्ध विकास संस्थान (डिडिसी)ले  किसानलाई ४८ करोड भुक्तानी गरेको

तान्जानियामा बाढीमा परी १५५ को मृत्यु

 काठमाडौं– तान्जानियामा भारी वर्षाका कारण आएको बाढी र पहिरोमा परी

व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मी फिर्ता बोलाउन गृहको निर्देशन

काठमाडौं– गृह मन्त्रालयले नियमानुसार बाहेक व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरूलाई २४