बालुवाटारमा ओली र देउवा भेटको अर्थ | Khabarhub Khabarhub

बालुवाटारमा ओली र देउवा भेटको अर्थ

प्रचण्ड र माधव नेपाललाई झस्काउने रणनीति बन्न सक्ला ?


८ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चुनावमा सिट बाँडफाँडको विषय पेचिलो बनेका बेला बालुवाटारमा बुधबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सार्थक भेटवार्ता भएको छ । सार्थक किनभने नागरिकता विधेयकमा सत्ता गठबन्धनको पेलान गर्ने रणनीति, एमाले अध्यक्ष ओलीको रक्षात्मक अवस्था र राष्ट्रपति विद्यादेवी भण्डारीको सम्भावित कदमअघि ओली र देउवाबीच भेटवार्ता भएको छ ।

एकातिर चुनाव नजिकिँदै जाँदा नेताहरू आन्तरिक रूपमा रणनीति बनाइरहँदा ओली र देउवाको भेटले के संकेत जनाउँछ, धेरैतिर प्रश्न गर्ने ठाउँ छ । तर जति धेरै शंका र संकेत छन् । ती अर्थपूर्ण छन् ।

अहिले सत्ता गठबन्धनमा प्रचण्ड आफू प्रधानमन्त्री बन्ने गरी चुनावी सिट बाँडफाँडको विषय टुंग्याउन चाहन्छन् । त्यसमा पनि माधव नेपाल, वामदेव गौतमदेखि बाबुराम भट्टराई र उपेन्द्र यादवलाई साथमा लिएर प्रचण्ड हिँड्न खोजेको देखिन्छ ।

यसको अर्थ कांग्रेससँग बलियो बार्गेनिङ गर्न प्रचण्ड तम्सिएका छन् । उनी यो रणनीति बलियो बनाउन बाबुराम र बामदेवलाई माओवादी केन्द्रको चुनाव चिन्ह दिनेसम्मको निर्णयसम्म पुगिसकेका छन् । अनि चुनावपछि माधव नेपालसँग पार्टी एकता गर्ने मौखिक सहमति पनि गरिसकेका छन् ।

यस्तो अवस्थामा आफूहरूलाई धेरै सिट दिन देउवासँग माग गर्ने, माग पूरा नहुने अवस्था आएको खण्डमा एमालेसँग मिलेर प्रधानमन्त्री र बलियो गरी सिट बाँडफाँड गर्ने प्रचण्ड रणनीति छ । सायद त्यो दबाब झेल्न देउवालाई कठिन छ ।

एकातिर प्रचण्ड फुत्किदा सत्ता गठबन्धन भत्किने डर । अनि फेरि पाँच वर्ष प्रतिपक्षमा खुम्चिनुपर्ने चिन्ता पनि । यी दुवै चिन्ता र चासो गम्भीर भइरहेका बेला एमाले अध्यक्ष केपी शर्मा ओलीका कुरा सुन्न देउवाले नै बालुवाटारमा निम्तो दिएको अनुमानमा बल पुगेको छ ।

बालुवाटारमै भएको भेटले सम्भावित रणनीति र वर्तमान राजनीतिक परिप्रेक्ष्यमा दुई बलिया पार्टीको मनोगत दृश्य ताजा बनाउँछ ।

यी विषय मात्रै होइन, राष्ट्रपतिलाई उचालेर सत्ता गठबन्धन, नागरिकता विधेयक, चोलेन्द्रविरुद्धको महाअभियोग प्रस्ताव लगायतका विषयमा पनि पेचिलो लडाई लड्ने चेतावनी ओलीको हुन सक्छ । किनकि नागरिकता विधेयक राष्ट्रपतिले फिर्ता गर्दा अब बालकोटले शीतलनिवासबाट राजनीति गर्न सक्ने ठाउँ बाँकी छ ।

सत्ता गठबन्धनले पेलेरै निर्णय गर्न खोजेमा शीतलनिवासलाई राजनीतिक अखडा बनाउन सकिने धारणामा ओली अडिग रहन सक्छन् । किनकि संसद् विघटनको बेलामा ओलीले शीतलनिवासलाई ‘रबरस्ट्याम्प’ बनाएको प्रमाणित छ ।

त्यसमाथि एमालेको विगत, वर्तमान र भविष्यको कुरा भएको हुनाले शीतलनिवासबाट राष्ट्रपति विद्यादेवी भण्डारीले पार्टीको गुट मात्रै होइन, आफ्नै दोस्रो अन्तिम कार्यकालमा विशेष मुद्दालाई राजनीतिक गुट बनाउन सक्ने कुरामा आशंका छाड्न सकिँदैन ।

यस्तो अवस्थामा पनि बालुवाटारमा देउवा र ओलीको भेटले अर्थ राख्छ । सबैभन्दा जटिल विषय त हिजो एमसीसी पास गर्ने बेलामा प्रचण्ड र माधव नेपालले लिएको ‘डबल स्टान्डर्ड’ले आजित देउवा अहिले चुनावी सिट बाँडफाँडमा पनि त्यही प्रवृत्ति दोहोरिएकोमा दबाबमा छन् ।

त्यसलाई मत्थर पार्न देउवा आफैँ अघि सरेर ओलीलाई बालकोटबाट बालुवाटारसम्म बोलाएर सम्भावित राजनीतिक परिदृश्यमा स्पष्ट हुन चाहेको हुन सक्छ । त्यसमाथि बालुवाटारमा ओली र देउवाको भेट प्रमुख राजनीतिक समाचार बनेका बेला चितवनमा रहेका प्रचण्ड आत्तिएर देउवालाई फोनै गरेर प्रश्न पनि गर्न सक्छन् । किनकि सत्ता गठबन्धनमा रहँदा ओलीलाई भन्ने गरेको प्रतिगमन प्रचण्ड र माधव नेपाल देउवासँग रहिरहेको देख्न चाहँदैनन् ।

त्यसैले देउवा र ओलीको भेटले अरु राजनीतिक अर्थ र अनर्थ आफ्नै ढंगले विश्लेषण भइरहे पनि चुनावी सिट बाँडफाँडको विषयलाई लिएर प्रचण्ड र माधव नेपाललाई झस्काउने रणनीति बलियो बन्न सक्छ ।

जुन अबको हप्ता दश दिनमा स्वतः देखिनेछ । जसको पूरा गृहकार्यमा लागेका कृष्णप्रसाद सिटौँला नेतृत्वको सिट बाँडफाँड कार्यदलले पनि आफ्नो प्रतिवेदन बुझाउनेछ ।

प्रकाशित मिति : ८ भाद्र २०७९, बुधबार  १२ : ०३ बजे

सङ्खुवासभाको तुम्लिङटारमा दुई सातापछि उडान

सङ्खुवासभा – सङ्खुवासभाको तुम्लिङटार विमानस्थलमा १६ दिनपछि उडान भरिएको छ

विद्यार्थीलाई ट्राफिक नियमबारे प्रशिक्षण

सुन्दरहरैचा – मोरङको सुन्दरहरैचामा बालबालिकाको शैक्षिक तथा शारीरिक विकास सम्बन्धी

मटिहानी आगलागीः प्रभावित विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

महोत्तरी – महोत्तरीको मटिहानीमा भएको आगलागीपीडित बालबालिकालाई शैक्षिक सामाग्री वितरण

प्रदेशको विकासका लागि सबै दलबीच सहकार्य हुनुपर्छ : मुख्यमन्त्री कार्की

मोरङ – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको विकासका लागि

हिमालयन अन्तर्राष्ट्रिय अवार्डको चौथो संस्करण सम्पन्न

काठमाडौं – हिमालयन अन्तर्राष्ट्रिय अवार्ड–२०८० सम्पन्न भएको छ । वुमेन्स