युक्रेनको अनाज प्रशोधन केन्द्रमा रुसी मिसाइल हमला | Khabarhub Khabarhub

युक्रेनको अनाज प्रशोधन केन्द्रमा रुसी मिसाइल हमला


८ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

किभ –  रुसी मिसाइल आक्रमणले ओडेसास्थित अनाज प्रशोधन केन्द्रहरूलाई लक्षित गरेको युक्रेनी सेनाका प्रवक्ताले जनाएका छन् ।  बन्दरगाहबाट अन्न निर्यातका लागि युद्धरत पक्षबीच सहमति भइरहेका बेला रुसले प्रशोधन केन्द्रमा मिसाइल प्रहार गरेको हो ।

‘ओडेसा बन्दरगाहमा विशेष गरी खाद्यान्न ढुवानी भइरहेको ठाउँमा प्रहार भएको थियो । दुईवटा क्षेप्यास्त्रले बन्दरगाहको पूर्वाधारमा प्रष्ठसँग प्रहार गरेको थियो । प्रहार गरिएको ठाउँमा अनाज थियो’, सैन्य प्रवक्ता युरी इग्नाटले भने ।

युक्रेन र रुसले किभलाई ब्ल्याक सि हुँदै अन्न निर्यात गर्ने एउटा सम्झौतामा शनिबार हस्ताक्षर गरेका थिए । यो सम्झौतासँगै  युद्धका कारण युक्रेनमा रहेको दशौँ लाख टन्न अन्न निर्यात गर्ने बाटो खुलेको छ ।

टर्कीले ब्ल्याक सी हुँदै युक्रेनबाट हुने अन्नको निर्यात पुनः सुरु गर्न रुससँग सम्झौता गरेको जनाएको छ । सम्झौतामा युक्रेन, रुस, टर्की र राष्ट्रसंघका महासचिवले इस्तानबुलमा हस्ताक्षर गरेका थिए ।

सहमतिअनुसार ढुवानी ट्रान्जिटमा हुँदा रसियाले बन्दरगाहहरूलाई निशाना बनाउने छैन । युक्रेनी जहाजहरूले मालवाहक जहाजलाई मार्गनिर्देशन गर्नेछन् ।

संयुक्त राष्ट्रसंघको सहयोगमा टर्कीले  जहाजहरु को निरीक्षण गर्नेछ । त्यस्तै, ब्ल्याक सीमार्फत अन्न र मल को रूसी निर्यात को सुविधा गरिनेछ । युक्रेन संकटका कारण विश्वमा खाद्यान्न आपूर्तिमा अभाव देखिएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७९, आइतबार  ७ : २५ बजे

कांग्रेसले भन्यो : रविमाथि छानबिन गर्न समिति नबनेसम्म संसदअघि बढ्दैन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगी प्रकरणबारे

सियरा लियोनमा विषाक्त खानाको कारण १०४ जना अस्पताल भर्ना

फ्रिटाउन – सियरा लियोनको राजधानी फ्रिटाउनमा एउटा कुकरी पसलबाट दूषित

प्रधानमन्त्रीलाई अघिल्लो पटकभन्दा बढी विश्वासको मत प्राप्त हुन्छ : माधव सापकोटा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले

आजका समाचार : संसदमा रविकाे जवाफ, विश्वासको मत रोक्न सर्वोच्चमा रिट

कांग्रेसलाई रविको प्रश्न : मैले गृहमन्त्री हुँदा नैतिकताको प्रश्न उठाउनेले

प्रादेशिक चलचित्र विकास बोर्ड गठन गर्छौँ : मुख्यमन्त्री कार्की

झापा– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चलचित्र क्षेत्रको समृद्धिका लागि