आदिवासी समुदायको नेतृत्व र भारतको चर्चा | Khabarhub Khabarhub

आदिवासी समुदायको नेतृत्व र भारतको चर्चा


१० असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारतीय जनता पार्टी (भाजपा)ले आदिवासी समुदायकी द्रौपदी मुर्मुलाई राष्ट्रपतिमा सिफारिस गरेपछि दक्षिण एसियामा भारत चर्चाको शिखरमा पुगेको छ। सीमान्तकृतको अधिकारका लागि सङ्घर्ष जारी रहेका संसारका धेरै देशका लागि भाजपाको यो निर्णय उदाहरणीय बनेको छ।

भाजपाकोे निर्णयमा सबैभन्दा सकारात्मक भने दक्षिण एसियाली क्षेत्र नै देखिएको छ। संसारका धेरै देशमा सीमान्तकृत समुदायले आफ्नो हक र अधिकारका लागि सङ्घर्ष गरेको समयमा भाजपाले प्रशासनिक दक्षता सहितको बौद्धिक आदिवासी महिलालाई राष्ट्रपतिको उम्मेदवार बनाएको हो। यो कदमलाई अहिले प्राय दक्षिण एसियाली देशले चलाएको प्रस्ट भइसकेको छ। ओडीशाकी ६४ वर्षीया मुर्मुले एक दशकभन्दा बढी समय भाजपाको नेताको रूपमा बिताएकी थिइन्। यस अवधिमा उनले प्रान्तीय गभर्नरको कार्यकाल पनि पुरा गरिसकेकी छिन्।

संसारका धेरै देशमा सीमान्तकृत समुदायले आफ्नो हक र अधिकारका लागि सङ्घर्ष गरेको समयमा भाजपाले प्रशासनिक दक्षतासहितको बौद्धिक आदिवासी महिलालाई राष्ट्रपतिको उम्मेदवार बनाएको हो।

भाजपाले उम्मेदवार बनाएकी उनी निर्वाचित भएमा पहिलो आदिवासी महिला राष्ट्रपति हुने छिन्। भारतमा राष्ट्रपति राष्ट्र प्रमुख हुने प्रावधान छ। तर, कार्यकारी अधिकार प्रधानमन्त्रीमा निहित हुन्छ। राष्ट्रपतिको चयन संसद् सदस्यले निर्वाचनमार्फत गर्ने गरेका छन्।

भाजपासँग आफ्नो उम्मेदवारलाई विजयी गराउन आवश्यक पर्ने मत छ। पार्टीको घोषणा सार्वजनिक भएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले द्रौपदी भारतीय इतिहासकै सबैभन्दा सफल राष्ट्रपति हुने विश्वास व्यक्त गरेका छिन्। मंगलबार भाजपाको संसदीय समितिको बैठकमा प्रस्तावित २० नाममा व्यापक छलफल गरेपछि पार्टी अध्यक्ष जेपी नद्दाले द्रौपदीको नाम राष्ट्रपतिमा सिफारिस गरेका थिए।

मुुर्मुले टेलिभिजन समाचारमा आफ्नो नाम प्रस्तावित भएको थाहा पाएपछि सुरुमा आश्चर्यमा पारेको बताएकी छिन्। उनले यो निर्णयले आफू गौरवान्वित भएको पनि बताइन्। ‘मयुरबन्ज जिल्लाको एउटा ग्रामीण परिबेसकी आदिवासी महिला देशको सबैभन्दा प्रमुख पदमा पुग्ने विषय मैले कल्पना पनि गरेको थिइन’, उनले भनेकी छन्।

मंगलबार भाजपाको संसदीय समितिको बैठकमा प्रस्तावित २० नाममा व्यापक छलफल गरेपछि पार्टी अध्यक्ष जेपी नद्दाले द्रौपदीको नाम राष्ट्रपतिमा सिफारिस गरेका थिए।

ओडीशाका सबै राजनीतिक दलका नेताहरूले भाजपाको यो निर्णयको स्वागत गर्दै द्रौपदीलाई ‘ धरती पुत्री’को संज्ञा दिएका छन्। उनीहरूले देशका सबै निर्वाचित विधायकले यसलाई समर्थन गर्ने विश्वास व्यक्त गरेका छन्।

राष्ट्रपति बन्ने क्रममा उनको अन्तिम बाधा अड्चनको रूपमा भाजपाका कुनै समयका प्रभावशाली नेता यसवन्त सिन्हा देखिए। सिन्हालाई विपक्षी गठबन्धनले उम्मेदवार बनाएको छ। ९० को दशकको अन्त्य र सन् २००० को सुरुवाती दिनमा अटल बिहारी बाजपेयी नेतृत्वको भारतीय सरकारमा सिन्हा वरिष्ठ मन्त्री थिए। सिन्हाले द्रौपदीको आलोचना गरिरहेका छन्।

प्रतिपक्षले राखेको प्रस्तावलाई शरद पावर, फरुक अब्दुल्लाह र महात्मा गान्धीका नाति गोपालकृष्ण गान्धीले अस्वीकार गरेपछि सिन्हालाई अघि बढाइएको हो। राष्ट्रपतिको निर्वाचन १८ जुलाईमा हुनेछ भने २१ जुलाईमा नयाँ राष्ट्रपतिको घोषणा हुनेछ। २४ जुलाईमा निर्वाचित राष्ट्रपतिले हालका राष्ट्रपति रामनाथ कोविदलाई पदस्थापन गर्नेछन्।

राष्ट्रपति बन्ने क्रममा उनको अन्तिम बाधा अड्चनको रूपमा भाजपाका कुनै समयका प्रभावशाली नेता यसवन्त सिन्हा देखिएका छन् ।

सन् २०१७ मा राष्ट्रपति पदका लागि भाजपामा तयारी गरेको व्यक्तिको रूपमा द्रौपदीको हल्ला चलेको थियो। सोही समयमा आम मानिसका लागि उनी चासोको व्यक्ति बनेकी थिइन्। त्यस लगत्तै उनले झारखण्डको गभर्नरको जिम्मेवारी सम्हालेकी थिइन्।

मयुरबन्ज जिल्लाको वाइदापोसी गाउँमा १९५८ मा जन्मिएकी द्रौपदी सन्थाल समुदायकी हुन्। यो समुदाय भारतको पुरानो आदिवासी समुदाय मात्र होइन, सङ्ख्यात्मक रूपले बाक्लो उपस्थिति भएको समुदाय पनि हो।

गाउँ काउन्सिलर प्रमुखकी छोरी उनले ओडीशाको राजधानी भुवनेश्वरको रामदेवी महिला कलेजमा अध्ययन गरेकी हुन्। उनले सन् १९७९ देखि १९८३ को बीचमा सिचाइ तथा ऊर्जा विभागका कनिष्ठको सहायकको रूपमा जागिरे जिन्दगी बिताएकी थिइन्।

राष्ट्रपतिको निर्वाचन १८ जुलाईमा हुनेछ भने २१ जुलाईमा नयाँ राष्ट्रपतिको घोषणा हुनेछ। २४ जुलाईमा निर्वाचित राष्ट्रपतिले हालका राष्ट्रपति रामनाथ कोविदलाई पदस्थापन गर्नेछन्।

सन् १९९४ देखि १९९७ को बीचमा उनले श्री अरुबिन्डो इन्टरगल एजुकेसन तथा रिसर्च सेन्टरमा पढाएकी थिइन्। आफ्नो घर नजिककै सहर रिन्गपुरमा भएको स्थानीय निर्वाचनमा काउन्सीलर निर्वाचित भएपछि सन् १९९७ मा उनको राजनीतिक जिन्दगीको यात्रा अघि बढेको थियो।

भाजपाको सदस्यको रूपमा दुई पटक रिन्गपुरको सिटमा जित हात पार्दै उनी प्रान्तीय सांसद भएकी थिइन्। सन् २००० देखि २००४ को बीचमा उनी बिजु जनता दलका नवीन पटनायकको नेतृत्वमा बनेको गठबन्धन सरकारको प्रान्तीय मन्त्री भएकी थिइन्। सुरुवाती दिनमा वाणिज्य तथा यातायात मन्त्री भएकी उनी मत्स्य पालन तथा जनावर सम्बन्धी मन्त्रालयमा आबद्ध भएकी थिइन्।

सन् २००६ देखि २००९ को बीचमा उनी भाजपाको प्रान्तीय आदिवासी सङ्गठनको नेतृत्व गर्ने अवसर पाएकी थिइन्। भारतको संविधानले सामाजिक र आर्थिक रूपले पछाडि परेको वर्गको रूपमा व्याख्या गरेको समुदायको नेतृत्वको रूपमा प्राप्त जिम्मेवारीलाई उनले उत्कृष्ट ढङ्गले पुरा गरेकी थिइन्।

सन् २०१५ मा झारखण्डको गभर्नर भएपछि उनले सक्रिय रूपमा दलको राजनीति गर्न छाडेकी हुन्। प्रान्तीय गभर्नर हुने ओडिसाको पहिलो आदिवासी समुदायकी द्रौपदीले सन् २०२१ सम्म त्यस क्षेत्रको जिम्मेवारी पुरा गरेकी थिइन्। सबै समुदायका व्यक्तिलाई काम गर्ने वातावरण सहज बनाएको कारण उनको लोकप्रियता अझ चुलिएको थियो।

भारतमा द्रौपदी मुर्मुलाई त्यसै आदर्श मानिएको पक्कै होइन। राजनीतिक र सामाजिक जीवनमा प्राप्त गरेको उचाइका बाबजुद उनको जीवन शैली भने उस्तै रहेको छ। भाजपाले आफ्नो तर्फबाट राष्ट्रपति घोषणा गरेको एक दिनपछि नै मुर्मुले ओडीशाको जगन्नाथ मन्दिर सफा गरेकी थिइन्। उनलाई नजिकबाट चिन्नेहरू यो कुनै स्टन्ड नभएर जीवन शैलीको एक स्वरूप भएको प्रतिक्रिया दिन्छन्।

आफ्नो घर नजिककै सहर रिन्गपुरमा भएको स्थानीय निर्वाचनमा काउन्सीलर निर्वाचित भएपछि सन् १९९७ मा उनको राजनीतिक जिन्दगीको यात्रा अघि बढेको थियो।

सञ्चार माध्यमले जनाए अनुसार मन्दिरमा पूजा गर्न गएकी उनी सुरुवातमा मन्दिर सफा गरेर मात्र पूजा गर्न तयार भएकी थिइन्। प्रधानमन्त्री नरेन्द्र मोदीले पनि जीवनभर अरूको सेवा गरेर बिताएकी द्रौपदीको जीवन सबै भारतीयका लागि प्रेरणाको श्रोत बन्न सक्ने प्रतिक्रिया दिएका छन्।

मोदीले द्रौपदीलाई राष्ट्रप्रमुखको जिम्मेवारी सुम्पन पाउँदा सीमान्तकृतको मात्र नभई सम्पूर्ण भारतीयको सान अझ बढेको प्रतिक्रिया दिएका छन्। लामो समयको प्रशासनिक अनुभवका कारण द्रौपदीको कार्यकालमा अझ बढी सफलताका पाइला अगाडि बढाउन सक्ने विश्वास मोदीले व्यक्त गरेका छन्।

सत्तारुढ गठबन्धनबाट उनी उम्मेदवार हुने घोषणा भएसँगै ओडीशाका भाजपा प्रमुख समीर मोहन्तीले द्रौपदी भन्दा उपयुक्त विकल्प हुनै नसक्ने प्रतिक्रिया दिएका छन्। मोहन्तीका अनुसार भारतीय संस्कारलाई जोगाइ राख्ने उनको सोच हरेकले आफ्नो घर आँगन र मन्दिर सधैँ सफा राख्नुपर्छ भन्ने थियो।

राजनीति शास्त्रका सेवा निवृत्त प्राध्यापक जयन्त महापात्राले मुर्मुको सामान्य सोच तथा मानवीय व्यवहार संसारका लागि उदाहरण बन्न सक्ने बताएका छन्।

मुर्मु प्रजापिता ब्रह्मकुमारी ऐश्वर्य विश्वविद्यालय पुगेर त्यहाँ सबैसँग मिलेर प्रार्थनामा सहभागी भएकी थिइन्। राजनीति शास्त्रका सेवा निवृत्त प्राध्यापक जयन्त महापात्राले मुर्मुको सामान्य सोच तथा मानवीय व्यवहार संसारका लागि उदाहरण बन्न सक्ने बताएका छन्। ओडिसाकै एक गृहिणी रिना मखुद त द्रौपदीको चयन सम्पूर्ण भारतीय महिलाको सम्मान भएको प्रतिक्रिया दिएका छन्। उनको जीवन र आदर्श संसार भरीका सबैका लागि प्रेरणा बन्न सक्ने प्रतिक्रिया दिएकी हुन्।

बुधवारदेखि नै रिन्गपुरमा ठूलो समूह उपस्थित भएर मुर्मुलाई बधाई दिने क्रमको सुरुवात भएको छ। त्यहाँ सबैमा खुसीयाली देख्न थालिएको छ। उनले मन्दिर सफा गरेको दृश्य सञ्चार माध्यमले प्राथमिकताका साथ सम्प्रेषण गरी रहँदा धेरै जसो भारतीयहरू यसले मुर्मुको जीवनशैलीलाई प्रस्ट पारेको बताउँछन्।

धेरै जनाले रिन्गपुरमै पहिलो पटक सांसद भएका कारण उनले त्यस मन्दिर सफा गर्न पुगेको बताएका छन्। उनले पुरन्देश्वरी महादेवको मन्दिर पनि सफा गरेकी छन्। स्थानीय बासी ब्रह्मकुमारीले यस भन्दा अघि झारखण्डको गभर्नरको जिम्मेवारी सम्हालेको समयमा पनि मुर्मु अत्यन्त सरल प्रकृतिको पाएको प्रतिक्रिया दिएकी छन्।

भाजपाको यो निर्णयका कारण उनको घर भएको क्षेत्र लगायत अन्य धेरै स्थानमा स्वभाविक रूपमा उत्साह थपिएको छ। ओडिसाको आदिवासी मामला मन्त्री विश्वेश्वर डुडुले पनि यो उत्साहको विषय भएको बताएका छन्।

जुलाईको मध्यमा उनी संसारकै एउटा विशाल देशको राष्ट्र प्रमुख हुने पक्का छ। सीमान्तकृत, आदिवासी समुदायकी सामान्य मान्छेको यो उचाइ र उनको जीवनशैली संसारका धेरैका लागि सधैँ प्रेरणाको श्रोत बन्नेछ। स्रोत : बीबसी, टाइम्स अफ इन्डिया, इन्डियन एक्सप्रेस, हिन्दुस्तान टाइम्स

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार  ६ : ५४ बजे

कर्णालीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिदै

फ्रेन्च लिग वान : पीएसजीको फराकिलो जित

काठमाडौं– फ्रेन्च लिग फुटबलमा पीएसजीले फराकिलो जित निकालेको छ ।

सरकारको स्थायित्वबारेका हल्ला निराधार : पौडेल

काठमाडौं– एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले वर्तमान पुष्पकमल दाहाल

खेलकुदमा भारतका युवा स्टारको उदय

विश्व एथलेटिक्समा नीरज चोपराको स्टारडम स्थापित भएको तीन वर्ष हुँदैछ।

बजेट निर्माणबारे अर्थमन्त्रीलाई पूर्वअर्थमन्त्रीहरुको सुझाव

काठमाडौ– अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१–०८२ को बजेटबारे