बारामा नेकपा एमाले सबैभन्दा ठूलो दल | Khabarhub Khabarhub

बारामा नेकपा एमाले सबैभन्दा ठूलो दल


१० जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा- स्थानीय तह निर्वाचनको मतपरिणाममा बारा जिल्लामा नेकपा एमाले सबैभन्दा ठूलो दल बनेको छ । अघिल्लो स्थानीय तह निर्वाचनमा दुई पालिकाको प्रमुख, उपप्रमुख र एक स्थानमा उपप्रमुख जितेको एमालेले यस पटक पाँच पालिकामा प्रमुख, उपप्रमुख र एक पालिकामा उपप्रमुखमा विजयी भएको हो । 

नेकपा एमालेले कलैया उपमहानगरपालिकामा प्रमुख र उपप्रमुख, जीतपुरसिमरामा उपप्रमुख, निजगढ र पचरोटामा नगरपालिकामा प्रमुख र उपप्रमुख, परवानीपुर र प्रसौनी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुबै पदमा जित हात पारेको छ । 

अघिल्लो पटकको निर्वाचनमा प्रमुख समेत जितेको जीतपुरसिमरामा भने अहिले गठबन्धनबाट नेकपा माओवादी केन्द्रले जितेको छ । यसअघि प्रमुख सहित जित हात पारेको स्थानमा अहिले फरक नतिजा प्राप्त गरेको एमालेले अन्य पालिकामा भने आफूलाई उभ्याउन सफल भएको छ । 

एमालेसँग अहिले ११ जना पालिका प्रमुख र उपप्रमुख छन् । एमालेले पाँच स्थान जित्दा यसअघि जित हात पारेको उपमहानगरपालिका भने कांग्रेसले गुमाएको छ । अघिल्लो पटक एक उपमहानगरपालिका, तीन नगरपालिका सहित ६ स्थानमा जित हात पारेको कांग्रेसले अहिले चार स्थानमा सीमित छ । कांग्रेसले कोल्हवी, महागढीमाई, आदर्श कोत्वालसुवर्णमा भने जित हात पार्न सफल भएको छ । अघिल्लो पटक पहिले पार्टी रहेको कांग्रेस यो पटक भने दोस्रोमा चित्त बुझाएको छ । 

कांग्रेसले गठबन्धन गरेको जीतपुरसिमरा, कलैया र निजगढ तीन वटा मैं सफलता हात पार्न सकेन् । माओवादी, जनता समाजवादी र एकिकृत समाजवादीसँग गठबन्धन गरेको कांग्रेसले कलैयामा प्रमुख, निजगढमा प्रमुख र जीतपुरसिमरामा उपप्रमुख पदमा पराजय व्यहोरेको रेको हो ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले तीन पालिका सहित तेश्रो भएको छ । जिल्लाको सिम्रौनगढ, बारागढी र विश्रामपुरमा जित हात पार्न सफल भएको छ । यस अघि २०७४ को निर्वाचनमा सिम्रौनगढ र बारागढीमा नेपाली काँग्रेसले जित हासिल गरेको थियो ।  

जिल्लाको दुई पालिकामा जनता समाजवादी पार्टीले जित हात पार्न सफल भएको छ । जसपाले देवतालकरैयामाईमा जित हासिल गरेको छ । यस अघि करैयामाईमा नेपाली काँग्रेसलेदेवतालमा राष्ट्रिय जनता पार्टी, नेपालले जित हासिल गरेको थियो । जिल्लामा माओवादी केन्द्र र विवेकशील साझा पार्टीले पहिले पटक खाता खोल्न सफल भएका छन् । 

माओवादी केन्द्रले जीतपुरसिमरा उपमहानगरपालिका जित हात पार्न सफल भएको छ भने विवेकशील साझा पार्टीले फेटा गाउँपालिकामा जित हासिल गरेको छ । यस अघि २०७४ को निर्वाचनमा जीतपुरसिमरामा एमालेले र फेटा गाउँपालिकामा संघीय समाजवादी फोरमले जित हासिल गरेको थियो ।

प्रकाशित मिति : १० जेठ २०७९, मंगलबार  ७ : ०३ बजे

युक्रेनका थप दुई गाउँ कब्जा गरेको रुसको दाबी

मस्को – रुसले युक्रेनका थप दुई सीमावर्ती गाउँ कब्जा गरेको

चितवनमा चालुआवको हालसम्म ६ बाघ मृत भेटिए

चितवन – चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासका क्षेत्रमा छवटा

तुम्लिङटार विमानस्थलमा दुई सातापछि उडान

सङ्खुवासभा – विमानस्थल वरपरको डाँडामा फैलिएको तुवालो हटेपछि हिमाली जिल्ला

सन्दीप लामिछानेको मुद्दामा जोडेर चरित्र हत्या गर्न खोजियो : पारस खड्का

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले आफ्नो

इमान्दार बन्न कार्यकर्तालाई ओलीको आग्रह

कपिलवस्तु – नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले