एमालेलाई काउन्टर : कांग्रेसले पनि माग्यो पुनः मतगणना | Khabarhub Khabarhub

एमालेलाई काउन्टर : कांग्रेसले पनि माग्यो पुनः मतगणना


१० जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– पोखरा महानगरपालिका-१८ मा एमालेले नौ मतले हराएको भन्दै पुनः मत गणनाको माग गरेपछि कांग्रेसले पनि काउन्टर निवेदन दिएको छ । कांग्रेसले १ र १७ नम्बर वडामा पुनः गणनाको माग गरेको छ ।

वडा नम्बर १ की कांग्रेस उम्मेदवार सीता गुरुङले आफूसहित सदस्य उम्मेदवारलाई दबाबमा पारेर आफ्नो प्रतिकुल हुनेगरि नतिजा सार्वजनिक गरिएको आरोप लगाउँदै पुनः गणना माग गरेकी हुन् । एमालेका सहारा प्रधानले ४१ मत अन्तरले जितेका थिए । प्रधानले एक हजार एक सय ४५ र गुरुङले एक हजार एक सय चार मत पाएका थिए । यस्तै, वडा नम्बर १७ का कांग्रेस उम्मेदवार देवराज आचार्यले पनि पुनः गणनाको माग गरेका छन् ।

उही ढाँचामा उनले निवेदन बुझाएका हुन् । उनीहरू दुवैले पहिलेभन्दा फरक गणक राख्न र निष्पक्ष रुपमा गणना गर्नुपर्ने माग राखेका छन् । १७ नम्बर वडामा ८३ मत अन्तरले एमालेकी राधिका शाहीले चुनाव जितेकी हुन् । शाहीले दुई हजार ६ सय २५ र आचार्यले दुई हजार पाँच सय ४२ मत पाएका थिए ।

प्रकाशित मिति : १० जेठ २०७९, मंगलबार  ३ : २१ बजे

बुधबार कृष्ण भगवानको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख २६ गते बुधबार तदनुसार

आज २०८१ साल वैशाख २६ गते बुधारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २६ गते बुधबार तदनुसार

जेलेन्स्कीको हत्या गर्ने षड्यन्त्र विफल पारेको युक्रेनको दाबी

एजेन्सी – युक्रेनले राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसहित वरिष्ठ युक्रेनी अधिकारीहरूको हत्याका

सामुदायिक वनमा शव फेला

कञ्चनपुर – वैशाख स् शुक्लाफाँटा नगरपालिका-७ स्थित वातावरण मध्यवर्ती सामुदायिक

‘तीन चरणको चुनावबाटै भाजपा इतिहास बनिसक्यो’ – अखिलेश यादव

एजेन्सी – भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री एवम्‌ समाजवादी पार्टी प्रमुख