'तस्बिर' मा ग्ल्यामर बेनिशा (भिडियो)  | Khabarhub Khabarhub

‘तस्बिर’ मा ग्ल्यामर बेनिशा (भिडियो) 


१० जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भदौ ३ गतेलाई प्रदर्शन मिति तोकेको फिल्म ‘प्रेमगन्ज’ ले गीत सार्वजनिक गरेको छ । 

सार्वजनिक गीत ‘तस्बिर’ मा बेनिशा हमाल फिचर्ड छिन् । पुरुषोत्तम ढुंगेलको शब्द, किरण भुषालको संगीत रहेको गीतमा दीक्षा थापा र सुरज शाही ठकुरीको स्वर रहेको छ । द वाइल्ड रिपज क्रुको कोरियोग्राफी रहेको गीतमा बेनिशालाई ग्ल्यामर अवतारमा प्रस्तुत गरिएको छ । गीतलाई सञ्जय लामाले खिचेका हुन् । 

फिल्ममा बेनिशा हमाल, सम्पदा बानियाँ, पवन भट्टराई, सुप्रिया खनाल, राइडर प्रशान्त, सिमरन खड्का आदि कलाकारको अभिनय रहेको छ । यस्तै, फिल्ममा नरेश पौडेल, रश्मि भट्ट, सन्जोग रसाइली, गीता अधिकारीको पनि अभिनय देख्न सकिन्छ । अनन्तमान श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्मलाई परिच्छेद सेनले नै लेखेका हुन् । 

स्पट व्यायका रुपमा लामो समय काम गरेका राजु फुँयालको प्रस्तुति रहेको फिल्म चलचित्र चौतारीको ब्यानरमा बनेको हो । यस फिल्मका कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ हुन् । 

प्रकाशित मिति : १० जेठ २०७९, मंगलबार  ३ : २० बजे

इतिहासकार ज्ञानमणि नेपालको निधन

काठमाडौं- इतिहासकार तथा प्राज्ञ ज्ञानमणि नेपालको मंगलबार निधन भएको छ

बागमती प्रदेशसभाको बैठक बस्दै

मनहरी– बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । आज अपराह्न ३

सभामुख र संसदीय दलका सचेतकबीचको छलफल निष्कर्षविहीन 

काठमाडौं– सभामुख देवराज घिमिरे र संसदीय दलका प्रमुख सचेतकहरुबीच छलफल

बजेटमा ऊर्जा उत्पादकका माग – बैंकबाट २० प्रतिशत ऋण, निजी क्षेत्रलाई विद्युत व्यापार अधिकार

काठमाडौं – सरकारी अधिकारीहरू यतिखेर आगामी आर्थिक वर्ष २०८१/८२ को

अफगानिस्तानका चालीस हजार बालबालिका घरबारविहीन

काबुल– उत्तरी अफगानिस्तानको बाघलान प्रान्तमा शुक्रबार बाढीका कारण झन्डै ४०